नदि कटानबारे प्राविधिक टोलीसहित अनुगमन

बेल्टार/साउन १०। चौदण्डीगढी नगरपालिकाको विभिन्न वडाहरुमा त्रियुगा  नदिमा अाउने बाढी कटानले स्थानीयवासीलाई जोखिम पु¥याएको भन्दै आज (आईतबार) सरोकारवालाहरुले अनुगमन गरेका छन् ।

नगरपालिकाको ५ नं. वडा शिवाई– बेलहा, ९ नं. को पूर्वी ज्यामिरे, अजगरा र १० नं. वडाको हडियाको जोखिम वस्तिहरुको नगर प्रमुख खगेन्द्र राई खाँडो, त्रियुगा नदि नियन्त्रण परियोजना राजविराजका प्राविधिक टोलीको समूहले अनुगमन गरका हुन् ।

वर्षेनी नदिमा आउँने बाढीका कारण स्थानीयको खेतबारीदेखि घर टहरासम्म जोखिममा पर्ने गरेको छ । हप्तादिन अगाडी नदिमा आएको बाढीेले स्थानीयको खेती योग्या जमिनमा नै नदि बगिरहेको स्थानीयको भनाई छ ।

वर्षेनी कारौडौ रुपैयाँ नदि नियन्त्रणको नाममा बेजेट आएपनि उपभोक्ता समिति गठनमा विवाद हुन्छ त कहिले बढी कमिशनको चलखेलमा लक्ष्य अनुसारको काम हुन नसकेको नाम नबताउने शर्तमा एक स्थानीयले बताए ।

उनले भने, ‘यो योजना पहुँवालको कमाई खाने भाडोमात्र भएको छ, ठोस काम भने कहिल्यै हुन सकेको छैन, त्यसले गर्दा बाढीको पीडा हामीले भोक्दै बस्नु पर्ने बाध्यता छ ।’

सो परियोजनाका कारण स्थानीय तहले रोकथामको कार्यक्रममा कानूनी बाधाहरु भएको नगर प्रमुख राई बताउँ छन् ।

यसपाली पनि योजनाको पैसा तपाईहरु ल्याउनुहोस् विवादरहित उपभोक्ता समिति बनाउने मेरो जिम्मा भने पछि प्रविधिक टोली आएको नगर प्रमुख राईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *