नगर सभापति पदमा पौडेलको उम्मेद्धरी घोषणा

बेल्टार/भदौ २२। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको चौदण्डीगढी नगर सभापति पदका लागि राजेन्द्र पौडेलले उम्मेद्धारी घोषणा गरेका छन् ।

१८ गतेको वडा तहको निर्वाचनद्वारा निर्वाचित वडासभापति र क्षत्रीय प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिने कार्यक्रमा वर्तमान सभापति पौडेलले आफ्नो उम्मेद्वारी मंगलबार घोषणा गरेका हुन् ।

६ नं. वडा स्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ०७४ को तीनै तहको निर्वाचनमा विश्वासको आधार बटुल्न सफल भएकोले एक पटक पुनः नगर सभापति पदमा दोहो¥याउँन इच्छाएको उनले बताए ।

उदयपुर जिल्लाको क्षत्र नं. १ अन्तर्गत प्रदेश संसदको निर्वाचनमा असफल भएपनि प्रनिनिधिसभाको निर्वाचनमा संसद डा. नारायण खड्कालाई जीत दिलाउन सफल भएको

बताउँदै कूल ४ वटा स्थानीय तहमध्ये यही पालिकामा बहुमतसहितको जीत हासिल गर्न सक्षम भएकोले पनि पुनः आगामी हुने तीनै तहको निर्वाचनलाई सन्तुलनमा ल्याउनको निम्ति पनि मेरो उम्मेद्धारी आवश्यक छ, उनले भने ।

तर पौडेलको प्रतिस्पर्धीको रुपमा १० नं. वडा हडियाका वडाध्यक्ष तथा जिल्ला सदस्य रामकुमार खड्का चुनावी मैदानमा उत्रिसकेको बुझिएको छ । वडाध्यक्ष खड्कालाई जिल्ला सभापति विदुर बस्नेतकोसाथ रहेको बुझिएको छ् ।

पार्टीमा छलफल नै नगरी एक्कासी भोट मागिहिडेको भन्ने विषयमा स्थानीय नेता तथा कार्यकर्ताहरुले रोष्ट प्रकट व्यक्त गरेका छन् ।

पाैडेल स्वाच्छ छवी र शालिन नेताकाे रूपमा स्थानीय स्तरमा परिचित व्यक्तित्व हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *