नगर प्रमुख राईद्वारा सडक शिलान्यास

बेल्टार/बैशाख ५। उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ६ र ७ स्थित दुवैपट्टी ढलसहितको ग्रावेल सडकको शिलान्यास भएको छ ।

बेल्टार बजारको उत्तरी क्षत्रको मेयर चोकदेखि लाफा चोक, खत्री टोल हुँदै मदन भण्डारी लोकमार्ग सडकसम्मको स्तरोन्नती सडकको नगर प्रमुख खगेन्द्र राईद्वारा आईतबार शिलान्यास गरिएको हो ।

लम्वाई १२ सय मिटर र ६ मिटर चौडाई हुने सडकको प्रदेश सरकार र नगरपालिकाको समपुरक कोष अन्तर्गतको कूल ९९ लाख रुपैयामा

उक्त सडकको स्तरोन्नती शुरु भएको नगर प्रमुख राईले जानकारी दिए । सडकको निर्माण भने स्थानीय तिम्ला निर्माण सेवाले जिम्मा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *