नगर प्रमुख राईद्वारा घेराबेरा शिलान्यास

बेल्टार/कात्तिक ५। चौदण्डीगढी नगरपालिकाको नयाँ भवनको (कम्पाउण्ड) घेराबेरा शिलान्यास भएको छ ।

७ नं. वडा साकेला चोक बेल्टार स्थित नव निर्मित भवनको कम्पाउण्ड घेराबेराको शिलान्या नगर प्रमुख खगेन्द्र राईले एक कार्यक्रमबीच शुत्रकार शिलान्यास गरेका हुन् ।

घेराबेरा निर्माणको लागि चौदण्डीगढी निर्माण कम्पनी प्रालिबसाहाले १६ लाख ९९ हजारमा पाएको हो ।

एक २ महिना भित्र सम्पन्न हुने गरी सो निर्माण कम्पनीले काम जिम्मा लिएको निर्माण कम्पनीका सञ्चालक दिनेस राईले बताए ।

शिलान्यास कार्यक्रममा नगरपालिकाकका इञ्जिनीयर सन्तोष राई, नगर सदस्यहरु मनु कार्की, प्रमिला दनुवार, सशस्त्र प्रहरी बल वेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक मानबहादुर कटवाल,

नेपाली काँग्रेसका नगरसभापति राजेन्द्र पौडेल, निर्माण व्यवसायीहरु निरज घिसिङ, राकेश राई, धनु राई त्यसैगरी युवा समाजसेवीहरु भुवनमान श्रेष्ठ, विशाल गेलाल, दिपेन वान्तावा लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रम ७ नं. वडा सदस्य उमा परियारको सभापतित्व र दिनेश राईको सञ्चालनमा समापन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *