द्धारखोलाले बगाउँदा एक वृद्धको ज्यान गयो

बेल्टार/असार १८। उदयपुरको चौदण्डीगढीमा बाढीले बगाउँदा एक वृद्धको ज्यान गएको छ ।

७ नं. वडा मदन चौक बेल्टार निवासी ६५ वर्षीय गुमशेर राईलाई स्थानीय द्धारखोलामा आएका बाढीले बगाउँदा ज्यान गएको हो ।

दिउँसो घरदेखि खोलापारी रहेको खेतमा पानी हाल्न गएका राई फर्किने क्रममा बाढीले बगाएको वडाध्यक्ष तेजराज तिम्सिनाले जानकारी दिए ।

राईलाई बाढीले बगाएको देख्नसाथ स्थानीयले उद्धार गर्न सफल भएपनि उनको उपचारको क्रममा नगर अस्पताल बेल्टारमा ज्यान गएको वडाध्यक्ष  तिम्सिनाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *