देउरालीको अध्यक्षमा तामाङ

महेन्द्र राई
बसाहा/फागुन २२।
चौदण्डीगढी नगरपालिका ३ नं. वडाको देउराली सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष पदमा हर्कराज तामाङ निर्वाचित भएका छन् । बुधबार सावउसको कार्यालय परिसरमा भएको निर्वाचनले तामाङ अध्यक्षमा निर्वाचित भएको हो ।

समितिको उपाध्यक्षपदमा भने टेकबहादुर मगर निर्वाचित भएका छन् । निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाम अनुसार अध्यक्ष पदका लागी रेडियो चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रेका तामाङले मोवाइल चुनाव चिन्हका आफ्ना प्रतिद्वन्दी निलम राईलाई १ सय ३ मतले पराजित गरेको थियो ।

तामाङले २ सय ३७ मत प्राप्त गरे भने राईले १ सय ३४ मत प्राप्त गरेका थिए । त्यसैगरी उपाध्यक्ष पदका लागी बस चुनाव चिन्ह लिएर उम्मेद्धरी दिएका मगरले हवाइजहाज चिन्ह लिएर प्रतिस्पर्धामा आएका ठाकुरजी राई ६६ मतले पराजय भएका हुन । मगरको विजयी मत २ सय १४ रहेको थियो भने राईको १ सय ४९ मत रहेको थियो । उपाध्यक्ष पदकै अर्का उम्मेद्धवार भद्रसिङ तामाङले भने ५ मत मात्र प्राप्त गरेका थिए ।

४ सय ७५ घर धुरी उपभोक्ता रहेको समितिमा अध्यक्ष र उपाध्यक्षपदको निर्वाचनमा ३ सय ९९ सय मत मात्र खसेको थियो । वडा अध्यक्ष पर्शुराम राईको संयोजकत्वमा बनेको निर्वाचन समितिले बुधबार बेलुका साँझमा मत परिणाम सार्वजनिक गरेको थियो । समितिको अन्य पदाधिकारी र सदस्यहरुको चयन भने यस अगाडी नै निर्विरोध भईसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *