दुई ठाउँमा भएको आगलागीबाट ३१ लाख बराबरको क्षती

बेलका/फागुन १०। बेलका नगरपालिका वडा नं. ३ रातापानी स्थित सुमित्रा खत्रीको घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षती भएको छ ।

सोमबार दिउँसो ३ः३० बजेको समयमा आफ्नै ७ वर्षीय छोराले खेलाएको लाईटर परालको कुन्यूमा सल्केर आगलागी भएको प्रहरीले जनाएको छ ।

टिनको छानो भएको २ तले घर, गाईगोठ,बाख्रा खोरमासमेत आगलागी हुँदा घरका सबै भाडावर्तन, लत्ताकपडा, अन्नपात, नगद, सुन आधा तोला त्यस्तै महत्वपूर्ण कागजातपत्र र खसी र बाख्रा १/१ वटा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले जनाएको छ ।

आगोलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगोलाई पूर्णरुपमा १ घण्टापछि नियन्त्रणमा लिएको थियो । आगलागीबाट मानवीय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय गाईघाटले जनाएको छ ।

त्यसैगरी आगलागीबाट रौतामाई गाउँपालिका वडा नं. ४ पोखरी आलडाँडा स्थित कमल राईको घरमा आगलागी हुँदा अनुमानित १६ लाख मूल्य बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

आईतबार विहान ११ बजेको समयमा अचानक आगो लाग्दा राईको फुसको छानो ढुंगामाटोले बनेको २ तले घर, गोठ, एउटा भैसी, सुँगुर कुखुरा जलेर नष्ट भएको छ ।

त्यस्तै आगलीबाट भाडावर्तन, लत्ताकपडा, महत्वपूर्ण कागजपत्रहरु सबै जलेर नष्ट भएको इप्रका रौतमाई भुटारले जनाएको छ । लामो समयपश्चात स्थानीय र प्रहरीको सहयोगमा आगोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *