दाहासंस्कारको लागि ठाउँ खोजिन्दै

गढीखबर
बेल्टार/असार १६। कोरोना भाईरसको उपचारको क्रममा निधन हुने मृतकको दाहासंस्कारको लागि सम्भावित ठाउँको खोजि कार्य गरिन्दै छ । आज (मंगलबार) चौदण्डीगढी नगरपालिकाको नेतृत्वमा सो ठाउँको लागि मुर्दाघाँट खोजि भएको हो ।

वडा नं. ६ स्थित सातधारेमा ६ वटा स्थानीय सरकारहरुको पहलमा कोभिड अस्पताल स्थापना पश्चात कोही बसैको निधन भईहालेको अवस्थामा लास जलाउन तथा गाँड्नको निम्ति उपयुक्त ठाउँको खोजि कार्य भईरहेको नगरप्रमुख खगेन्द्र राईले बताए । सो ठाउँको लागि कहाँ उपयुक्त हुन्छ भनी ६ नं. का वडाध्यक्ष कमलध्वज राई र ९ नं. वडाध्यक्ष प्रकाश राउतसहितको टोलीले स्थानीय र सरोकारवाला बीच छलफल गरी टुंग्याउने पनि मेयर राईले बताए ।

ज्यामिरे स्थित मुर्दाघाटमा भेला भएका सरोकारवालाहरुले पनि जहाँ मानिसको कम आवत जावत हुन्छ त्यस ठाउँलाई प्रयोगमा ल्याउन सकिने भेलाले सुझाएको वडाध्यक्ष कमलध्वज राईले बताए । सर्वपक्षिय भेलाले अति संवेदनशिल क्षेत्र बाहेकका स्थानको खोजि गर्न सम्वन्धित निकायलाई सुझाव दिएको एक सहभागिले बताए ।

भेलामा नगर स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेल, राजनिककर्मीहरु राजेन्द्र कटवाल, राजेन्द्र पोडेल र हिरी रोका स्थानीयबासीको समेत सहभागिता रहेको थियो । अहिले पनि ६ नं. वडाको क्वारेन्टाईनमा गाईघाट, धरान र कटारी नगरपालिकाका गरी ५ जना महिला र ८ जना पुरुषगरी १३ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *