तीन सय बढी भारतमा

गढीखबर
बेल्टार/जेठ १६। चौदण्डीगढी नगरपालिकाका नागरिकहरु रोजगारीकोे सिलशिलामा भारतमा ३ सय जना भन्दा बढी रहेको नगरपालिकाको तथ्यांकले देखाएको छ । आफ्नो गाउँठाउँमा रोजगारीको व्यवस्था नभएपछि पहिलेदेखि नै रोजगारीको सिलशिलामा गएर बस्नेहरुको संख्या ३ सयभन्दा बढी रहको सो तथ्यांकले देखाएको हो ।  तर केही भने वडाको समन्वय र नगरपालिकाको यातायात व्यवस्थापनमा आउँने क्रमपनि जारी रहेको नगरप्रमुख खगेन्द्र राईले जानकारी दिए ।

त्यसैगरी भारतको विभिन्न ठाउँहरु रहेका नगरबासीहरु १ नं. वडामा १९ जना, २ नं. वडामा ३५ जना, ३ नं. वडामा ४० जना, ४ नं. वडामा ३८ जना, ६ नं. वडामा १२ जना, ७ नं. वडामा ४४ जना, ८ नं. वडामा १ जना, ९ नं. वडामा ५१ जना र १० नं. वडामा ८१ जनागरी कुल ३ सय २१ जनाको संख्यामा रहेका छन् भने ५ नं. वडाको अभिलेख आउन अभैm बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

यि मध्ये २ नंं. मा ५ जना, ३ नं. मा ३ जना, ४ नं. मा ३ जना र १० नं. वडा २ जना यस अगाडी नै आएर सम्वन्धित वडाको क्वारेन्टाईनमा बसिरहेको वडाध्यक्षहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *