ढाका तथा सिलाई कटाई तालिम उद्घाटन
बेल्टार/माघ २१। चौदण्डीगढी नगरपालिकामा तीन महिने नगरस्तरीय ढाँका बुनाइ तथा सिलाई कटाईको तालिम उद्घाटन भएको छ ।
बुधबार ६ नं. वडा चाम्लिङ चोक स्थित आँपखहरे सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन नगर प्रमुख खगेन्द्र राईले गरेका हुन् ।
स्थानीय पूर्वाधार साँझेदारी विकास कोषको १० लाख रुपैयाँबाट उक्त तालिम सञ्चालन भएको हो । तालिमको उद्घाटन गर्दै तालिमलाई (टायम पास)को लागि मात्र नलिदिन प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।
नगरप्रमुख राईले भने, ‘कतिपयको इच्चा हुँदाहुँदै पनि सहभागी हुन नपाएको होला त्यस्तो व्यक्तिले सिक्ने अवसरलाई गुमाउँनु परेको हुन्छ त्यसैले तालिममा सिकेको कुरालाई व्यवहारमा उर्ताने छु र भविश्यमा आत्मनिर्भर बन्ने छु भन्ने आत्मवल उच्च बनाएर सीप सिक्न अनुरोध गर्दछु ।’
त्यस्तै उप मेयर रिताकुमारी चौधरीले सीप सिकेर आत्मनिर्भर बनेर घर व्यवहार सजिलै सञ्चालन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा किरात राई यायोक्खाका जिल्ला अध्यक्ष तथा आँपखहरे सावउसका अध्यक्ष वलधन राईले तालिममा सहभागी महिलाकोहरुको सीपले अन्य महिलाहरुले पनि ज्ञान प्राप्त गरुन् र यहाँ सिकेको सीपलाई अन्य महिला दिदीबहिनीहरुले उदाहरणको रुपमा लिन सकुन भन्ने शुभकामना व्यक्त गरे ।
कार्यत्रममा लायन्स क्लव अफ चौदण्डीगढी तथा बेल्टार बसाहा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कार्कीले महिलाको सीपबाट उत्पादन भएको सीपहरुलाई बजारिकरण गर्न सहयोग पु¥याउँने प्रतिवद्धता व्यक्त गरे ।
तालिम सञ्चालनको लागि सिलाई कटाई मिशिन (कल) ५ थान र ढाँका बुनाईको लागि ९ थान तान खरिद गरी प्रत्येक वडाबाट तीन÷तीन जना महिलाहरु सहभागी हुनेगरी तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
त्यसैगरी कार्यक्रममा युवा समाजसेवी आनन्ददेव चौधरी, नेपाली कांग्रेस तरुण दलका नगर संयोजग सन्तोष राई, नगरकार्यपालिका सदस्य विमला राई, महिला समाजसेवी उषा राई, सिता राई लगायतले तालिमको शुभकामना व्यक्त गरेका थिए ।
स्थानीय समाजसेवी महिला तथा किाराया नगर सह सचिव निर्मला राईको स्वागत मनतव्यबाट शुरु भएको कार्यक्रमको आयोजक चौदण्डीगढी नगरपालिकाको रहेको थियो भने कार्यक्रको सभापति विनादेवी राई र मिना बञ्जराको सञ्चालनमा समापन भएको थियो ।