डढेलोले ३ हजार विरुवा नष्ट

गढीखबर
बेल्टार/बैशाख ५। विहिबार राति लागेको डढेलोका कारण ३ हजार विरुवा नष्ट भएको छ । चौदण्डीगढी नगरपालिका वडा नं. ९ स्थित जनता माध्यामिक विद्यालय हडियाको ५ विघा जग्गामा रोपिएको विरुवा अपरिचित व्यक्तिले ८ बजे रातिको समयमा लगाएको डढेलोका कारण नष्ट भएको हो ।

काठमाण्डौ स्थित एक संस्थाले उपलब्ध गराएको विरुवालाई व्यवस्थापनको लागि नगरपालिकाले उपलब्ध गराएको अनुदानबाट उक्त विरुवाहरु ४ वर्ष अगाडी रोपिएको स्थानीय युवा तथा समाजसेवी चन्द्र गिरीले जानकारी दिए । डढेलो भने स्थानीयबासी र नगरपालिाको दमकलको सहयोगमा आगोलाई नियन्त्रणमा लिएको छ ।

डढेलो लगाउने व्यक्तिको खोजतलास भइरहेकोपनि समाजसेवी गिरीले बताए । पाउलोनिया, मलेसियन साल, स्थानीय बास लगायतका विरुवाहरु रोपिएको थियाृे । उक्त विरुवाहरुले आगामी १० वर्षमा लाखौ रुपैयाको आम्दामी हुने विरुवाहरु पुरै नष्ट भएको स्थानीयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *