ठेकेदार मुक्त सामुदायिक वन

गढीखबर
हडिया/चैत ६। राष्ट्रिय वनलाई समुदायलाई हस्तान्तरण गर्ने निति व्यवस्था बनेपछि धेरै वन जंगलहरु अहिले सामुहगत स्थानीय मातहतमा रहेका छन् । शुरुमा वनलाई समुहमार्पmत ल्याउनको लागि दर्ता प्रकृया निकै झन्झटिलो भनेर वाक्क भएका केही स्थानीय उपभोक्ताहरुपनि छन् । दर्तापछि त्यस ठाउँको स्थानीयलाई आवश्यक्ता हेरी समुहको आय आर्जनसंगै सानो तिनो विकास निर्माणका कार्यमापनि उत्तिकै सामुदायिक वनहरुको योगदान रहेको छ ।

गाउँ घरमा विजुली वत्ति, खानेपानी, बाटोघाटो, कुलोकुलेसा लगायत अन्य सामाजिक कामहरु धेरै भएका छन् । तर, पछिलो अवस्थामा सावउसमा विकृति बढेको कतिपयको गुणासोपनि छन् । काठ निकासी गर्ने सवालमा उपभोक्तालाई मारमा पारेर समितिका केही व्यक्ति ठेकेदार वन कर्मचारीलाई मात्र फाईदा हुने गरको कतिपय सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ताहरुको गुणासो छ ।

तर, त्यही गुनासोलाई मध्येनजर गर्दैै एक सावउसले भने ठेकेदार मुक्त सावउस बनाएका छन् । चौदण्डीगढी नगरपालिकाको ९ र १० नं. वडा हडिया स्थित हरियाली सावउसलाई ठेकेदार मुक्त सावउस बनाएका हुन् । वर्षमा एक पटक काठ निकालिन्छ सबै ठेकेदारले लागिहाल्छ अनि हामी दुख गर्ने वनलाई जोगाएर राख्ने उपभोक्तालाई त केही नहुने भएकोले ३ वर्षदेखि हामीले ठेकेदार मुक्त सावउस बनाएका हौ, सदस्य गंगाबहादुर खड्काले भने ।

गत वर्षको आर्थिक वर्षमा ‘ए’ ग्रेडको साल जातको काठलाई प्रति क्यू ५ सय २० रुपैया, ‘बी’ ग्रेड ४ सय, ‘सि’ ग्रेड ३ सय र कुकाठ २ सय प्रति क्यूफिटको दरले विक्रि गरिएको थियो । तर यसपटकको नयाँ कार्य समितिले कुनै दररेट तोकिसकेको छैन । भर्खरै काँठ निकाल्ने काममात्र भईरहेका उपभोक्ताहरु बताउछन् । त्यसो त लक्ष्मण तामाङको अध्यक्षतामा १३ सदस्यीको नयाँ समितिपनि बनिसकेको छ भन्छन सदस्य गंगाबहादुर खड्का ।

समुहबारे उनी भन्छन्, “ यस पाली १६ सय क्यू फिट साल जात र १ सय क्यू फिट कुकाठ गरी जम्मा १७ सय क्यू फिट काठ उपभोक्तालाई नै बाडिने तर ज–जस्ले अहिले सम्म पाएका छैनन् त्यसलेमात्र नयाँ काँठ पाउने छन्, के कति प्रति क्यू फिट पाउछन् त्यो समितिले निर्णय गर्न बाँकी नै रहेको छ ।”
उक्त सावउस मातहतमा ४ सय ४२ घरधुरी संख्या रहेको छ भने सावउसको गत माघ १३ मा तामाङको अध्यक्षतामा नयाँ समिति बनेका्े छ ।

समितिको पदाधिकारीहरुमा उपाध्यक्ष बाबुलाल चौधरी, दोर्णकुमारी कार्की, सह–सचिव गिरबराज खड्का, कोषाध्यक्ष रेवतीकुमार राउत त्यसैगरी अन्य सदस्यहरुकमा गंगाबहादुर खड्का, रुपा विक, गिता खड्का, कुलव मगर, विनोद साह र ताश्वर चौधरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *