ट्युसन्, टुर, टिनएजर र टिचर

वसन्त राई,
गुरु अथवा शिक्षक जुन शव्दले उच्चारण गरे पनि मानिसको दिमागमाआउने पहिलो वाक्यभनेको औपचारिक शिक्षाको आँखा उघारिदिने गुरुदेव अर्थात भगवानको रुप । वास्तवमा देशको समृद्धि र रुपान्तरणको लागि उत्तराधिकारी निर्माणमा तल्लिन सारा शिक्षकवर्गको योगदानलाई मुक्त कण्ठले प्रशंसा गर्नै पर्छ ।

म आफैले जुनविचार प्रस्तुत गर्दैछु यो ज्ञानको मुहान गुरु वर्ग नै हुन । तथापि वर्तमान परिवेशमा हाम्रो समाज, हाम्रो विद्यालय, ट्युसन केन्द्र अनिवार्षिक रुपमा आयोजना गरिने वनभोज तथा शैक्षिक भ्रमण र यि शव्दसंग सम्वन्धित टिचर र टिनेएजर छात्राहरु किन समाचारको शीर्षक वन्न गईरहेका छन् ?

यो प्रश्नलाई समाज, अभिभावक र आमविद्यार्थीले गम्भिरतापुर्वक लिनु पर्छ भन्ने मूलमर्म नै यो लेखको सारांश हो । विगत दश दिन भित्र सामाजिक सञ्जाल भरी छरिएका समाचारहरुर व्यक्तिगत कुराकानीको शिलशिलामाआदान–प्रदानभएको अनुभवहरुलाई प्रतिनिधि घटनाको रुपमा समेटिएको छ । जुन एउटा फेसवुक वालमा सेयर भएको लिंक र चिनजानभित्रको कुराकानीमा मात्र आधारित छन् ।

घटना १ःयहीभदौ महिनाको २४ गते अन्नपूर्ण पोष्टको अनलाईन पोर्टलमा प्रकाशित समाचार “जवरजस्ती करणी आरोपमा प्रिन्सीपल पक्राउ”उक्त समाचार १ नम्वर प्रदेश पाँचथर जिल्लाको हो । र उक्त घटना वन्दावन्दीको वेला ट्युसन पढाउने शिलशिलामाघटेको घटना हो ।

घटना २ः यहीभदौ महिनाको २३ गते ताजाखवर नामकअनलाईन पोर्टलमाप्रकाशित समाचार “मलाई आफ्नै सरले यस्तो वनाए”उक्त समाचार सुदुरपश्चिमप्रदेश बैतडी जिल्लाको हो र उक्त घटनामाआफुलाई पढाउने शिक्षक द्धारा वालिका घरमाएक्लै भएको मौका छोपीजवरजस्ती करणी गरेकोे घटना हो ।

घटना ३ः यहीभदौ महिनाको २०गते लेकालीअनलाइननामकअनलाईन पोर्टलमाप्रकाशित समाचार “यदि सरले मलाई विहे गरेको भए म बलात्कारको मुद्धा लगाउने थिइन”उक्त समाचार ५ नम्वर प्रदेश सल्यानजिल्लाको हो र उक्त घटना विद्यालयको शैक्षिक भ्रमणबाट सुरु भएको गलतनियत ट्युसनक्लास हुदैशिक्षक–छात्राको प्रेम सम्वन्धअनिवालिकागर्भवतीहुँदाशिक्षकले वेवास्तागर्न थाले पछि कोहो ।

माथीको समाचारहरु त केवलप्रतिनिधीघटना मात्रहुन । शिक्षक र विद्यार्थीको ट्युसन क्लासबाट लभ परेर विवाह गरी भागे, सरले स्कुटर सिकाउने वाहानामा म माथीदुव्र्यवहार ग¥यो, शैक्षिक भ्रमणमा जादासरले मलाई प्रपोज गर्नु भयो, ट्युसन पढाउने वेला सरले मेरो गोप्यअंगमा टच गर्नु भयो आदिआदि ।

यि कुराहरु छात्राहरुले आफ्नो अभिभावकलाई वताउननसकेर मिल्ने साथीहरु विचमा कुराकानीको शिलशिलामाआउने वाक्यहरु हुन । वाल संरक्षणको मुख्यचार वटा क्षेत्रहरु वाच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकार सिद्धान्तगत रुपमा सवै पेशाकर्मीले अवलम्वनगर्नै पर्छ र भईरहेको छ ।

भनेर नेपाली समाज ले गर्ने विश्वासको आधारमाआफ्नो पेशामा मानिस टिकि रहन्छ । सिद्धान्तलाई अनुभुति गराउन र व्यवहारमा लागू गर्न पहिलो मार्गदर्शक अभिभावक भएता पनि औपचारिक भुमिका विद्यालय र शिक्षकको नै हो ।

वालवालिकाहरु जति उच्च कक्षामा भर्ना हुदै जान्छन त्यत्तिनै कक्षागतभार, उमेर तथाशरिरको वृद्धि संगै बानी,व्यवहार, सोचमाआउने परिवर्तन, साथी संगतको प्रभावआदि को कारण औसतमा १२ वर्ष देखी १६ वर्षको उमेर समुहलाई अति संवेदनशिल मानिन्छ ।

कक्षा ८ को आधारभूत तह र कक्षाको १०पश्चातको माध्यामिकशिक्षा परिक्षाको तयारी, यही उमेर समुहमा अतिरिक्त क्रियाकलापको माध्यामबाट जन्मजात निपुणता पहिचानगर्ने महत्वपूर्ण क्षण, वाह्य ज्ञानको लागीआयोजनागरिने शैक्षिक भ्रमण र वनभोज, जटिल विषयहरुको घर र विद्यालयमा सञ्चालनहुने ट्युसनकक्षाआदि सम्पुर्ण परिवेशमा संलग्न हुनु पर्ने कक्षा ६ देखी १० सम्म अथवा १२ देखी १६ वर्ष उमेर जसलाई टिनएज भित्र समेटिन्छ ।

एक जना गृहणीले आफ्नो छोरा छोरीलाई विद्यालय पठाउने समयमा राम्रो पढेर आए वेलुका मिठो खाजा पकाएर राखि दिन्छु भनेर पुरा आशा र भरोसाको साथविद्यालय पठाउछन् । वेलुका घरमा छोरा छोरी आए पछि गृहकार्य गर्न अटेर गरेमा पख, तेरो सर÷म्याडमलाई भनि दिन्छु भनेर डर देखाउँछन् ।

किन की मैले भनेको मानेनन् भने सर÷म्याडम लाई भने पछि छोरा छोरी सुध्रिन्छन भन्ने पूर्ण विश्वास छ । विद्यालय भनेको सरस्वतीको मन्दिर हो र उक्त मन्दिरमा पुजारी भनेका टिचर । विद्यालय एक पवित्र स्थलहोजहाँ ज्ञानगुणको मात्रगतिविधि हुन्छ तर अव यो प्रतिष्ठालाई वचाएर राख्नको लागीमाथिकोशीर्षक र समाचारले विद्यालय र शिक्षण जस्तो पवित्र पेशालाई गिज्याउन थालेको छ ।

विद्यालयलाई ज्ञान केन्द्र वनाउने कि छात्राहरुको जीवननर्कमय वनाउने केन्द्र, ट्युसनलाईथप ज्ञानको केन्द्र वनाउने कि शिक्षकविद्यार्थी विचको भौतिक दुरी कमगर्ने अवसर, टुर र पिक्नीकलाई वाह्य ज्ञान तथा पुनर्ताजकिको अवसर वनाउने कि प्रेम प्रस्ताव राख्ने माहोल, यो सवै विषयमा अन्तक्रिया गर्ने समय आएकै हो र अन्तर आत्मा देखी मनन् गर्दै विद्यार्थी र शिक्षक बीचको पवित्र सम्वन्धलाई अनलाईन पत्रपत्रिकाको लज्जित शीर्षक नवनोस् भनेर प्रण गर्ने समय पनि आएकै हो ।

सवै शिक्षक र विद्यालयलाई एउटा भाँडामा राखेर मुल्यांक नगर्नु पक्कै पनि न्यायोचित होईन तथापी समाज र समुदायले छोराछोरी घर, आफन्त, विद्यालय, ट्युसन केन्द्र, टुर, वनभोज, कल्चर, खेलकुद केन्द्र, साथीसंग आदि आफु भन्दा टाढा हुँदा कति सुरक्षित छन् भन्ने विषयमा त्रिकोणात्कम शैलीमा सोच्नु पर्ने अभिभारा थपिएको छ ।

किन की समाजमा सवै मान्छे निष्ठावान हुन्न भन्ने प्रमाणका ेसमाचार नै काफी छन् । सिद्धान्त र तत्थ्यांकले बालबालिकाहरु गलत नियतको शिकार हुने भनेकै आफन्त, शिक्षक, छिमेकी, साथीभाई आदिबाट हुन् ।

अन्त्यमा, समस्याको पहिचान हुनु भनेको आधा समाधान हुनु हा े। जुन घटनाहरु घटिरहेका छन त्यसको कारण पिडकमा आत्मज्ञानको कमी र पिडितको हकमा अभिभावकत्वको कमि देखिन्छ । पिडकले पेशागत मर्मलाई मननगर्दै जिम्मेवारी वहनगर्ने र बालबालिकालाई उमेरसंगै अभिभावकबाट सम्भावित घट्ना दुर्घटनाको वारेमाज्ञान दिने हो भने सम्भावित घट्ना बारेमा समयमा जानकारी हँुदा घटना हुन पाउदैन ।

विद्यालयमा सवैलाई वाल संक्षण र वाल अधिकारको तालिमपश्चात वाल संरक्षणको सिद्धान्त अवलम्वन गर्नको लागि स्थानीय सरकारको रोहवरमास्व–घोषणा पत्रमा हस्ताक्षर गराएमा सजग हुनलाई एउटा नजिर वन्न सक्छ ।

असलशिक्षकबाट नै असलविद्यार्थी उत्पादन हुन्छन्, असल विद्यार्थीबाट असल कामको अपेक्षा गर्न सकिन्छ र असल कामबाट समग्र समाज र देशको रुपान्तरण हुन्छ । तसर्थ आत्मालाई साक्षी राखीपवित्र मन, पेशागतधर्म र पूर्ण जिम्मेवारी वहनगर्ने प्रतिवद्धता सहितसभ्यभव्य समाजको निर्माणमा आत्मसाथगर्न प्रण गरौ ।

लेखकः हाल गुड नेवर्स इन्टरनेशनल नेपालको जिल्ला संयोजकको रुपमा गोरखामा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *