जन्मोत्सवमा स्वास्थ्य सामग्री सहयोग

बेल्टार/असार ३०। चौदण्डीगढीका स्थानीय एक समाजसेवी युवाले आफ्नो जन्मोत्सवको अवसरमा कोभिड अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

६ नं. वडा बेल्टार पुष्पलाल चोकका स्थानीय युवा समाजसेवी ज्ञानेन्द्र प्रधानले सातधारे स्थित कोभिड अस्पताल र त्यहाँ उपचाररत विरामीलाई विभिन्न स्वास्थ्य सामग्रीसँगै फलफुलसमेत आज (बुधबार) वितरण गरेका हुन् ।

समाजसेवी प्रधानले २५ लिटर सेनीटाइजर, १ थान स्प्रे मेशिन, २० किलो फलपूmल, ५सय प्रति मास्क, ५ सय जोर पञ्जा, ५ सय थान भिटामिन ‘सी’ र ५ सय थान सेनेटरी प्याड नगर प्रमुख

खगेन्द्र राईलाई हस्तान्तरण गरिएको अर्का स्थानीय युवा समाजसेवी सुनिल राउत ‘दिपक’ले जानकारी दिए ।

यातायात व्यवासायीसमेत रहेका प्रधान नेपाली कांग्रेस निकट युवा उद्यमशिलता विकास तथा प्रशिक्षण समन्वनय समितिको केन्द्रीय सदस्यमा भर्खरैमात्र मनोनित भएका छन् ।

यद्यपी उनले आफ्नो जन्मोत्सवमा उमेर नखुलाए पनि सालिन र भद्र स्वाभावका समाजसेवी प्रधान विभिन्न सामाजिक क्षत्रमा सक्रिय रहन्दै आएका छन् ।

उक्त कार्यक्रममा स्थानीय समाजसेवी युवाहरू शुनिल राउत (दिपक) चाैदण्विडीगढी उद्याेग वाणिज्य संघका सचिव तेजनारायण साह, नेविसंघका सभापति विवस राई, सचिव विशाल गेलाल त्यस्तै बुद्दहाङ राई, प्रेम बस्नेत लगायतकाे उपस्थिती रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *