जन्तेढुङ्गा-१ मा पुन: केदारमान राई विजयी

बेल्टार/बैशाख ३१। खोटाङको जन्तेढुङ्गा गाउँपालिका- १ देविस्थानमा केदारमान राई वडाध्यक्ष पदमा विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी बलराम राईलाई पराजय भएका छ्न । सदस्यहरुमा उनकै प्यानलका मदनकुमारी राई, पन्ची कामी, गणेशकुमार राई र एमालेका उम्मेदवार कुमार राई विजयी भएका छन । विजयी उम्मेदवार राई नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसगरी दुइदलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए । केदारमानको यो दोस्रो विजयो हो । केही समयमा सम्पूर्ण विवरण आउने निर्वाचन अधिकृतको कार्यालय जन्तेढुङ्गाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *