जन्तेढुंगा–१ का उम्मेदवार राईका भावी योजनाहरु यस्ता छन्

बेल्टार/बैशाख २६। खोटाङको जन्तेढुंगा गाउँपालिका–१ देविस्थान स्थित वडाध्यक्ष पदका उम्मेदवार केदारमान राई जनमुखी याेजनाहरूकासाथ चुनावी अभियानमा  रहेको बताइएको छ ।

नेकपा (माओवादी केन्द्र) निकट  राई नेपाली कांग्रेससँगकाे सहकार्य अर्थात र गठबन्धनबाट बनेका साँझा उम्मेदवार राईले  अति महत्वपूर्ण  जनमुखी याेजनाहरूकाेसाथमा चुनावी अभियानमा हाेमिएकाे बताइएकाे हाे ।

उम्मेदवार राईका योजनाहरुमध्ये विजयी भएमा पहिलो आर्थिक वर्षमा लागू हुनेगरी ‘एक घर एकधारासहित ५ सय लिटरको हिलट्यांकी वितरण गर्ने योजनाकासाथ चुनावी अभियानमा लागेको उनले बताए ।

हिलट्यांकी वितरणपछि विद्युत विस्तार, ग्रामिन सडकको स्तरोन्नती, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारलाई वढी प्रातमिक्तामा राख्ने बताए ।

बसैसरी गएकाहरूलाइ गाउँफर्क अभियानमार्फत  फर्केर  अाउँनेलाइ वार्षिक २० हजार नगद प्राेत्साहन स्वरूप दिइने छ ।

त्यस्तै एसइइ दिने विद्यार्थीहरूलाई लिइने फर्म दस्तुर निःशुल्क लगायत  विभिन्न शैक्षिक याेजनाहरू ल्याइने उम्मेदवार राईले बताए ।

काम गर्दागर्दै बीचैमा अधुराअपुरा रहेका कामहरु पुरा गर्नका लागि पनि मेरो दोस्रो उम्मेदवारी हो भन्छन् उनी ।

०७४ को स्थानीय चिर्वाचनमा विजयी भएपश्चात आफ्नो पहल र नेतृत्वमा नयाँ पक्की प्रहरी चौकीको भवन निर्माण, प्रदेशको बजेटद्वारा मैनाटारबाट फेदीसम्म ७ किलोमिटर मोटरबाटोको नयाँ ट्रयाक खोल्नेकाम भएको छ ।

त्यस्तै निर्माणाधीन सुविधायुक्त स्वास्थ्य भवन, देविस्थान र पाण्डे गाउँमा सञ्चालित दुई माध्यामिक विद्यालयहरुमा सुविधायुक्त शैक्षिक भवनहरुको निर्माण कार्य सम्पन्न भइसको उनले बताए ।

निर्वतमान वडाध्यक्षको क्षमता, प्रष्ट भिजन भएकोले नै यतिका जनमुखी कामहरु भएका हुन् भन्छन् स्थानीय समाजसेवी तथा शिक्षा औतारी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज राई ।

अध्यक्ष राईले भने, ‘अहिले पनि उहाँलाई विजयी गराउँने अभियानमा छौं, र उहाँले बारम्वार हामीलाई भन्ने गर्नु हुन्छ, जनताको घरमा जाँदा, पुग्दा गरिव सर्वसाधारणलाई झुटो आश्वासन

नदिनु होला, भोली गर्न सक्ने पु¥याउँन सक्ने विषयमात्र बोल्नु भ्रम छरेर एकछिन त लाभ लिइएला, तर त्यसको असर दिर्घकालिनसम्म हुने भएकोले संयमित भद्र, नम्र भएर घरदैलो कार्यक्रममा सरिक हुनु होला, भनेर हामीलाई सल्लाहा सुझाव दिनु हुन्छ ।’

स्थानीय एक समाजसेवी रमेश थापाका अनुसार कुनै पनि व्यक्ति उसको कामले लोकप्रिय हुने हो र त्यही कामले उनको लोकप्रियता मापन गर्ने हो, त्यसैले केदारमान एक सरल, स्वच्छ, छवि र नेतृत्वमा हुनु पर्ने खुवी भएको एक कुशल निडर युवा नेता हो ।’

यही व्यक्तिगत स्वाभवले पुनः एक पटक विजयी हुने संभावित उम्मेदवार भएको पनि उनले बताए ।

वडाको शिक्षा ज्योति मावि पाँडेगाउँमा ७ सय २३ र शिक्षा निकेतन औतारी देविस्थानमा ७ सय १ गरी कूल १४ सय २४ मतदाता रहेको छ ।

उम्मेदवार राईका सदस्यहरुमा खुल्ला महिला सदस्यमा मदनकुमारी राई, दलित महिला सदस्य बच्ची कामी, सदस्यहरुमा गणेशकुमार राई र नरेन्द्रबहादुर थापा रहेका छन् ।

प्रत्याशी राईका प्रतिस्पर्धीमा नेकपा एमालेको तर्फबाट बलराम राईको उम्मेदवार रहेको छ । बलराम ०७४ को स्थानीय निर्वाचनमा पनि केदारमानसँगै पराजय भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *