जनहितमा अग्रसर हुदै वडाध्यक्ष राई

गढीखबर सम्वाददाता
बेल्टार/फागुन १९।

आफ्नो वडाभरीका विद्यार्थीहरुलाई निःशुल्क डटकपि लगायत शैक्षिक सामग्रीहरु वर्षौसम्म पुग्नेगरी वितरण गरेर चौतर्फी प्रशंसा बटुलेका वडाध्यक्ष कमलध्वज राईले अहिले कहाँ के–के गर्दै छन् ? भन्ने जिज्ञासा जो कोहीलाई लाग्न सक्छ ।

आईतबार कार्यालय समयमा नागरिकको काममा व्यास्त भेटिएका वडाध्यक्ष कमलध्वज राईले आफ्नो वडाको विकास निर्माणमा गतिशिलरुपमा निरन्तर अगाडी बढिरहेको छ । यसपटकको योजनामा चालु आर्थिक वर्षमा पूर्वाधार योजनालाई प्राथमिक्तामा राखेको योजना किताबले देखिएको छ । पूर्वाधार योजना शिर्षकमा विभिन्न टोल वस्तिहरुको ढल निर्माण तथा नयाँ ग्रावेल तथा ग्रामिन सडक मर्मत तर्पm वडाले २६ लाख रुपैया विनियोजन गरी काम भईरहेको वडाध्यक्ष राईले बताए । त्यसैगरी वडा भित्रको ग्रामिन सडकहरुमा आवश्यक्ता अनुसार ह्युम पायप र ग्रावेलको लागि ९ लाख रुपैया र आवश्यक्ता अनुसार खानेपानी मर्मत सम्भारतर्पm ५ लाख रुपैया विनियोजन गरिएको छ ।

विभिन्न विद्यालय, क्याम्पस घेराबेरा, मठ मन्दिर, संग्राहलय÷पार्क निर्माणको सामाजिक विकासतर्पm १३ लाख २५ हजार रुपैया विनियोजन गरिएको वडाध्यक्ष राईले बताएका छन् । वडाभरीको स्वास्थ्यतर्पmपनि उत्तिकै जिम्मेवार रहेर शहरी स्वास्थ्य क्लिनिकमार्पmत गर्भवती तथा शिशु पोषण, वडावासीलाई आफ्नो स्वास्थ्य सम्वन्धि चेतनामुलक कार्यक्रम, एक घर एक स्वास्थ्य स्वयम सेवीका उत्पादन कार्यक्रममा २ लाख ५० हजार रुपैया विनियोजन भएको छ ।

नागरिकलाई सीपमुलक तालिम तथा सामग्री वितरण र स्वरोजगार कार्यक्रममा ३ लाख रुपैयासमेत विनियोजन गरेको छ । जनप्रतिनिधि हुनु भन्दा अगाडी देखि विभिन्न सामाजिक संघ संस्था क्षेत्रमा काम गर्दै आएका र समाजिकरुपमा योगदान गरिसकेका वडाध्यक्ष राई सालिन, सरल र शान्त स्वभावका छन् भन्छन् उनका सदस्य उद्धव भुजेल । निर्वाचन पश्चात भिन्न विचारबाट एकै ठाउँमा जम्मा भएर संगै काम गर्दा कहिल्यै कसैलाई नराम्रो काम पनि गर्दैनन् र भन्दैनन् पनि, वडाको काममा अहिले सम्म सहज नै भईरहेको बरु सदस्य भुजेल बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *