चौध जना कोरोना मुक्त

गढीखबर 
बेल्टार/असार ३१। चौादण्डीगढी नगरपालिका ६ नं. वडा सातधारे स्थित कोभिड अस्पतालमा उपचारत १४ जना कोरोना संक्रमितहरु उपचारपछि निकोभएर मंगलबार घर फर्केका छन् । त्यहाँ उपचारत २२ जना मध्ये १४ जना निको भएर घर फर्किन लागेकालाई नगर प्रमुख खगेन्द्र राई, नगर स्वास्थ्य शाखाका उप संयोजनक तेजबहादुर पोखरेल लगायतले विदाई गरका हुन् ।

त्यसैगरी आज (बुधबार) श्रीपञ्चमी क्वारेन्टाईनमा रहेका एक जना पुरुषलाई पनि विदाई गरिएको छ । जिल्लाका विभिन्न गाउँपालिकाका संक्रमित विभिन्न मितिमा आईसोलेशनमा भर्ना भएकाहरु मध्ये ३ वर्षीय बालिकासहति १४ जना (डिस्चार्ज) भएको नगर स्वास्थ्य शाखाले जनाईएको छ ।

उनीहरुको पछिल्लो स्वाव परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको अस्पताले जनाएको छ । सो आईसोलेशनमा एक महिलासहित ८ जना विरामीहरु उपचारत छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेकोपनि उप संयोजक पोखरेलले बताए । अभैmपनि केही वडाको क्वारेन्टाईनमा ३७ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *