चौदण्डीगढी–७ मा एमालेका अधिकारी विजयी

बेल्टार/जेठ ३। उदयपुरको चौदण्डीगढी नगरपालिका–७ को वडाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार केशव अधिकारी विजयी भएका छन् ।

प्यानलसहित विजयी भएका अधिकारीले ७ सय ७४ मत प्राप्तगरी विजयी भएको हो ।

उनका निकटतम प्रतिद्धण्द्धी कांग्रेसका तेजराज तिम्सिनाले ७ सय ५७ मत प्राप्तगरेका छन भने अधिकारी १७ मतले विजयी भएका हुन् ।

अर्का प्रत्याशी जसपाकी उर्मिला राईले ६ सय २६ मत प्राप्त गरेकी थिइन् ।

अधिकारीसँगै विजयी हुने सदस्यहरुमा लिलावती राई, आशा परियार, राजेश श्रेष्ठ र बलराम मगर रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *