चौदण्डीगढी–१ काे अध्यक्षमा राई विजयी

बेल्टार/बैशाख ३०। उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नं. १ को अध्यक्ष पदमा नेकपा एमालेका सिताराम राई प्यानलसहित विजयी भएका छन् ।

उम्मेदवार राईले ८ सय ७ मत प्राप्तगरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धण्द्धी नेपाली कांग्रेसका रोहितमान तामाङले ६ सय ३ मत प्राप्त गरका थिए भने २ सय ४ मतले एमालेका उम्मेदवार राई विजयी भएका हुन् ।

त्यस्तै खुल्ला महिला सदस्यमा मिना थापा मगर, दलित महिला सदस्यमा सुमित्रा सार्की, दुई खुल्ला सदस्यमा नारायण थापा र मानबहादुर तामाङ्ग विजयी भएका छन् ।

मेयर पदका लागि सूर्य चिन्हमा ७ सय ७६ मत र उप मेयर पदमा ८ सय मत खसेको छ भने सोही पदमा नेका ६ सय ३५ र उप मेयरमा ६ सय ४८ मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालय बेल्टारले जनाएको छ ।

वडाध्यक्षकै अर्का स्वतन्त्र उम्मेदवार सन्तोष राईले २ सय ९९ मत प्राप्त गरेको थियो शुक्रबार भएको मतदानमा कूल १८ सय ४५ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *