चौदण्डीगढी प्रथम उप मेयरकप उद्घाटन

बेल्टार/फागुन १३। चौदण्डीगढी प्रथम उपमेयर (गोल्डकप) महिला फुटबल प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ ।

‘प्रथम चौदण्डीगढी खेलकुद महोत्सव’ अन्तर्गत ४ नं. वडा बसाहा स्थित नारदमुनि रंगशाला खेलमैदानमा आयोजित प्रतियोगिताको उद्घाटन नगर प्रमुख खगेन्द्र राई र उप प्रमुख रिताकुमारी चौधरीले संयुक्तरुपमा गरेका हुन् ।

पहिलो चरणको उद्घाटन खेलमा चौदण्डीगढी र नमो बुद्ध सप्तरीबीच भएको खेलमा नमो बुद्धले चौदण्डीगढीलाई (०–३) गोलले विजयी भएका छन् ।

त्यस्तै दोस्रो खेलमा युवा खेलकुद मञ्च सप्तरी र गाइघाट फुटबल क्लवबीच भएको खेलमा सप्तरीले गाईघाटलाई (०–७) गोल अन्तरले पराजय भएको छ ।

वडाध्यक्ष चरणकुमार राईले स्वागत मनतव्यगरी शुरुभएको कार्यक्रममा नगर प्रमुख राई, युवा समाजसेवी तथा नेकपा माओवादी केन्द्र चौदण्डीगढीका सचिव दिनेश बाहिङ राई,

नेकपा एमाले चौदण्डीगढी नगर अध्यक्ष श्यामकुमार राईले प्रतियोगिताको सफलताको कामना गरेका थिए ।

कार्यक्रममा उप प्रमुख रिताकुमारी चौधरी, नगर सदस्य प्रमिला  दनुवार, भलिबल संघका संयोजक सन्तोष राई, तेक्वान्दोका प्रशिक्षक एसव राई, स्थानीय युवा समाजसेवी कुमार राई, गाैतम राई, शेखर राई, रवीन माङफाङ, बुद्धहाङ राई, भूपेन राई लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

खेमराज राईको सञ्चालन र राजु राईको सभापतित्वमा प्रतियोगिता भइरहेको छ । प्रतियोगितामा ८ समूहले सहभागिता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *