चौदण्डीगढी नगरपालिका प्रमुख–उपप्रमुखमा एमाले निर्वाचित
बेल्टार/जेठ ४। चौदण्डीगढी नगरपालिका प्रमुख–उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् ।
चौदण्डीगढी नगरपालिका प्रमुखमा एमालेका उम्मेदवार कालु लामा निर्वाचित भएको हो । ८ हजार ८ सय ६३ मत ल्याएर नगरप्रमुखमा निर्वाचित भएका लामाका प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र राईले ८ हजार १२ मतमात्रै प्राप्त ग¥यो ।
अहिले नगरप्रमुखमा पराजित राई यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७४ मा तत्कालिन एमालेका उम्मेदवार नरेन्द्र राउतलाई ५ सय ४० मतान्तरले पराजित गरेको थियो ।
त्यसैगरी उपप्रमुखमा एमालेकै उम्मेदवार मनिकादेवी दुलाल निर्वाचित भएको छ ।
दुलालले ९ हजार ५ सय ६६ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी कांग्रेसकी रिताकुमारी चौधरीले ७ हजार ७ सय ६० मत प्राप्त ग¥यो ।
अहिले नगर उपप्रमुखमा पराजित चौधरी यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचन २०७४ मा नगर उपप्रमुखममा निर्वाचित भएको थियो ।
१० वटा वडा रहेको चौदण्डीगढी नगरपालिकामा ८ वटा वडामा एमालेले वडाध्यक्ष जितेको छ भने २ वटा वडामा कांग्रेसले वडाध्यक्ष जितेको छ ।

बैशाख ३० गते मतदान सम्पन्न पश्चात जेठ १ देखि मत गणना सुरु गरिएको थियो ।
१ नं. वडा चौदण्डीगढीदेखि मत गणना सुरु गरिएको मत परिणाममा पहिलेदेखिनै एमालेले अग्रता कायम गरेको थियो ।
कडा प्रतिस्पर्धाकाबीच भएको निर्वाचनमा एमालेले परिणाम आफ्नो पक्षमा पार्न सफल भएको छ । मेयरमा निर्वाचित लामा पार्टीको जिल्ला सचिवसमेत हुन् ।
०७४ को स्थानीय निर्वाचनमा कांग्रेसले बहुमत ल्याएको पालिकामा यस पटकभने आफ्नै आन्तरिक कारणले त्यो बेलाको बिरासत जोगाउन नसकेको कांग्रेसीजनहरुले बताएका छन् ।
त्यस्तै अर्का गठबन्धनका प्रत्याशी नरेन्द्र राउतले ४ हजार ३ सय ४५ मत प्राप्त गरेका थिए भने उप प्रमुखकी उम्मेदवार हिरा थापाले ३ हजार ५ सय ११ मत प्राप्त गरेका थिए ।
त्यस्तै ९ र १० नं. वडामा पनि एमालेका उम्मेदवार नै विजयी भएका छन् ।
सो वडाहरुको वडाध्यक्षमा क्रमश, प्रकाश राउत र धर्मराज खड्का विजयी भएका छन् ।
निर्वाचित भएसँगै मेयर लामालाई निवर्तमान मेयर खगेन्द्र राईले सफल कार्यकालकाे शुभकामना दिँदै खादा ओडाएर बधाई दिएका छन् ।
त्यसैगरी बेलका नगरपालिकामा कांग्रेस उम्मेदवार गठबन्धनका उम्मेदवार अशोक कार्की र एमालेकी जिरा राई निर्वाचित भएका छन् ।
नेकपा एमालेका दुर्गा कुमार थापा भन्दा ३ हजार १ सय ४० मत बढी ल्याएर कार्कीे नगरपालिका प्रमुखमा विजय भएको हो ।
कार्कीले १० हजार १ सय २० मत ल्याएका छन् भने थापाले ६ हजार ९ सय ८० मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा एमालेकी उम्मेदवार जिरा राईले ८ हजार २ सय ७६ मत ल्याएर उप प्रमुखमा विजयी भएकी छिन् ।
राईकी निकटतम प्रतिद्धण्द्धी गठबन्धनका तर्फबाट माओवादी केन्द्रका मनोज तामाङले ७ हजार ४ सय ९५ ल्याएका थिए ।