चौदण्डीगढी नगरपालिकाको बजेट ६६ करोड ७४ लाख

राजेन्द्र दुष्ट,
बेल्टार/असार १०। उदयपुरको चौदण्डीगढी नगरपालिको आज (विहिबार) सिटीहलमा सम्पन्न नवौ नगरसभाले आगामी आर्थिक वर्ष ०७८/७९का लागि ६६ करोड ७४ लाख १९ हजार ६ सय ४० रुपैयाँ बजेट सार्वजानिक गरेको छ ।

नगर उप प्रमुख रिताकुमारी चौधरीलेल नगरसभामा प्रस्तुत गरेकी बजेट तथा कार्यक्रम पारित भएको हो ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि आन्तरिक आयतर्फ १ करोड ७९ लाख ७५ हजार, संघीय सरकारबाट हस्तान्तरित शसर्त अनुदान ३१ करोड ९३ लाख, संघीय सरकारबाट

विशेष अनुदान १ करोड २५ लाख, संघीय सरकारको समानिकरण अनुदानबाट १५ करोड ६ लाख, संघीय सरकार राजस्व भाँडफाँटबाट ५ लाख ७२ हजार ८१ हजार, संघीय सरकारकै

अन्त शुल्क ५ लाख ७२ हजार ८१ लाख त्यस्तै प्रदेश सरकार समानिकरण अनुदानबाट ८७ लाख ६९ हजार, प्रदेश सरकार सवारी साधन अनुदानबाट १ करोड ६७ लाख १३ हजार ६ सय

४० रुपैयाँ त्यसैगरी प्राकृतिक श्रोतको राजस्व बाँडफाँट नदिजन्य पदार्थ उत्खनन्बाट १ करोड ६० लाख र घर जग्गा रजिष्ट्रेशन शुल्क बाँटफाँटबाट १ करोडगरी कूल ६६ करोड ७४ लाख १९ हजार ६ सय ४० रुपैयाँको बजेट प्रस्तुत भएको छ ।

सभामा पुरानै योजनाहरुलाई प्राथमिक्तामा राखिएको छ भने यस पटकको बजेटमा खासै नयाँ कार्यक्रमहरु ल्याइएको पाइएन ।

वडाहरुमा ५० लाख रुपैयाँको दरले बजेट विनियोजन गरिएको छ । बजेटले शिक्षा, स्वास्थ्य, कृषि क्षत्रलाई प्राथमिक्तामा राखेको छ ।

आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेटका उद्देश्य तथा प्राथमिकतामा कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका सबै उपाय अवलम्बन गरी जनजीवनलाई सुरक्षित र सहज

बनाउने, सीप विकास, आय आर्जन, रोजगारी सिर्जना तथा स्थानीय स्रोत साधनको अधिकतम उपयोग गरी विकास कार्यलाई तीव्रता दिने उल्लेख गरिएको छ ।

त्यस्तै आर्थिक, सामाजिक, भौतिक पूर्वाधार तथा सुशासन सबै क्षत्रको समृद्धि हासिल गर्ने कार्यक्रमका सभाध्यक्ष तथा नगर प्रमुख खगेन्द्र राईले बताए ।

त्यस्तै आर्थिक सामाजिक, भौतिक पूर्वाधार क्षेत्रको विकासमा जोड दिने, विकास, सुशासन र समृद्धि हासिल गर्न सङ्घीय सरकार, प्रदेश सरकार र साथै छिमेकी स्थानीय तहसँगको सम्बन्ध बलियो बनाउने पनि उनले बतए ।

यसअघि उप प्रमुख चौधरीले प्रस्तुत गरेकी नीति तथा कार्यक्रममाथि दफाबार छलफल गरिएको थियो । नगरपालिकाको नीति कार्यक्रम तथा बजेटमा विशेष गरी स्वास्थ्य, शिक्षा, कृषि र रोजगारीलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।

नगरप्रमुख राईले स्वास्थ्य, शिक्षा र पूर्वाधारलगायत सामाजिक तथा समावेशी विकासमार्फत समृद्ध नगर निर्माण गर्ने, अहिलेको विषम परिस्थितिमा कोभिड–१९ विरुद्ध लाग्नका लागि

स्वास्थ्यलाई प्राथमिकतामा राखेर शिक्षा, कृषि, रोजगारीसँगै अन्य क्षेत्रको विकास गरी आत्मनिर्भर नगरपालिकाको दिशामा अग्रसर हुने, नगरबाट प्रदान गरिने सेवा प्रवाहको गुणस्तर बढाई नगर सरकारको अनुभूतिसहित सुशासनको प्रत्याभूति दिन नगरको बजेट केन्द्रित रहेको बताए ।

बजेटका उद्देश्य हासिल गर्न र बजेटका प्राथमिकता कार्यान्वयन गर्न सङ्घीय र प्रदेश सरकारसँग एकता, समन्वय र साझेदारी गरी निजी क्षेत्र, नागरिक समाज, राजनीतिक दल, सङ्घसंस्थासँग सहकार्य गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिइने नगर प्रमुख राइले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *