चौदण्डीगढीे कोभिड अस्पतालबाट निको हुनेको संख्या ३१ पुग्यो

गढीखबर,
बेल्टार/भदौ ९। चौदण्डीगढी नगरपालिकाको वडा नं. ६ सातधारे स्थित कोभिड अस्पतालबाट निको भएर घर फर्किनेको संख्या ३१ जना पुगेको छ । विभिन्न ठाउँबाट संक्रमित भएर उपचार्थको लागि आएकाहरु पूर्णरुपमा निको भएर आफ्नो घर फर्किएका हुन् ।

दैनिक १५ देखि २५ जनासम्म संक्रमित विरामीहरु बस्दै आएका छन् । उनीहरुलाई निको भईञ्जेलसम्मको खानपिन लगायतको सबै खर्च नगरपालिकाको आफ्नै स्रोतबाट व्यवस्थापन गर्दै आएको नगर प्रमुख खगेन्द्र राई बताउँछन् ।

जेठ २९ मा पहिलो पटक सो क्षत्रमा संक्रमितहरुको उपचार गर्ने उदेश्यले ३ पालिका प्रमुखहरु त्रियुगा नपाका नगर प्रमुख वलदेव चौधरी, चौदण्डीगढीका खगेन्द्र राई र बेलकाका दुर्गा थापा (स्वस्ति)ले अस्पतालको संयुक्तरुपमा शिलान्यास गरेका थिए ।

तत्काल २० शैयाको आईसोलेसन वार्ड निर्माण हुने भनिएपनि अहिले सो भन्दा बढीको उपचार हुँदै आएको छ ।

उक्त अस्पताल निर्माणार्थ त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका त्यसैगरी लिम्चुङबुङ, रौतामाईपोखरी र उदयपुरगढी गाउँपालिकासहित ६ वटा स्थानीय सरकारको २ करोड रुपैयाको लगानीमा हाल अस्पताल निर्माणाधिन अवस्थामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *