चौदण्डीगढीले कृषकलाई दियो ट्याक्टर

बेल्टार/असार २२। उदयपुरको चौदण्डीगढी नगरपालिकाले आफ्ना कृषकलाई हाते ट्याक्टर (पावरट्रेलर) वितरण गरेको छ ।

पालिकाले चालू आर्थिक वर्ष ०७७/०७८ को ५० प्रतिशत अनुदानबाट खरिदगरी ४ वटा पावरट्रेलर नगर प्रमुख खगेन्द्र राई र उप प्रमुख रिताकुमारी चौदरीले आज ( मंगलबार ) वितरण गरेका हुन ।

कृषकलाई खनजोत गर्न सहज हुने भएपछि पालिकाले प्रकाशित गरेको माग सूचना अनुसार २ नं. वडाका रत्नमाया खड्का, सुसन थापा, दुर्गाकुमारी श्रेष्ठ र ४ नं. वडाकी शिवकुमारी विष्टलाई हस्तान्तरण गरिएको नगर प्रमुख राईले जानकारी दिए ।

केहिदिन अगाडिमात्र पालिकाले ३ थान १० नं. वडा हडियाका चक्लाबन्दी कृषकलाई पावरट्रेलर वितरण गरिसकेको छ ।

पालिकापरिसरमा आयोजित कार्यक्रममा १ र ४ का वडाध्यक्षहरु रोहितमान तामाङ र चरणकुमार राई नगरसदस्यहरु मनु कार्की र प्रमिला दनुवारको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *