चौदण्डीगढीमा वडाध्यक्षसहित १३ जना संक्रमित

बेल्टार/वैशाख ३०। चाैदण्डीगढीमा काेराेना संक्रमण दैनिकरुपमा देखा पर्न थालेको छ । हिजै मात्र ७ जनामा संक्रमण पुष्टि भएको यस क्षत्रमा आज (विहिबार) हडियाको ९ र १० नं. वडाका नागरिकलाइ एन्टिजेन्ट विधिबाट २० जनाको परीक्षण गर्दा एक वडाध्यक्षसहित १३ जनामा संक्रममण पुष्टि भएको हो ।

१० नं. वडाको स्वास्थ्य चौकी हडियामा गरिएको परीक्षणमा सोही वडाका वडाध्यक्ष रामकुमार खड्कालाई पोजेटिभ देखिएको नगर स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेलले जानकारी दिए ।

हडियामा संक्रमणको आशंका गरिएका व्यक्तिहरू धेरै हुन सक्ने  अनुमान गरिएकाे छ । वडाध्यक्षमा संक्रमण पुष्टि भएपछि वडाबाट दिइने सेवाहरू अनिश्चितकालिन बन्द रहने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *