चौदण्डीगढीमा लगत सङ्कलन एकाइ कार्यालय स्थापना

बेल्टार/माघ २१। चौदण्डीगढीमा भूमिसम्बन्धी समस्या समाधान आयोग लगत सङ्कलन एकाइ कार्यालय बुधबारदेखि स्थापना भएको छ ।

विहिबारदेखि सञ्चालनमा आउँनेगरी पालिकाले वडा नं. ७ स्थित सिटीहलमा सो कार्यालय स्थापना गरेको हो ।

भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने कार्यको रुपमा सो कार्यालय स्थापना गरिएको जनाएको छ ।

भूमिहीन दलित वा भूमिहीन सुकुम्वासीलाई आवासका लागि ७ धुर र कृषिलाई ५ कठ्ठासम्म जग्गा उपलब्ध गराउने कानूनी व्यवस्था भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्यले जानकारी दिए ।

आपूmले भोगचलान गर्दै आएको जग्गाको प्रमाणसहित लगत सङ्कलन गरी पाँउ भनी निवेदन दिनु पर्ने हुन्छ ।

नगरपालिकाले लगत संकलनको संयोजकमा कुमार श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।

भूमिसम्बन्धी समस्या समाधान आयोगको अध्यक्षमा गोपाल खत्रीलाई नियुक्ति गरिसेको छ । गणकहरुले सबै वडाको लगत संकलन गरिसकेको तीन महिनापछि लालपुर्जाको काम शुरु हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *