चौदण्डीगढीमा भोलीबाट जोन्सोन एण्ड जोन्सोन खोप लगाइन्दै

बेल्टार/साउन १८। कोरोना विरुद्धको अमेरीकन कम्पनीकाे  खाेप जोन्सोन एण्ड जोन्सोन चौदण्डीगढीमा भोली (मंगलबार)बाट लगाइने भएकाे छ ।

भाेलीदेखि २ दिनसम्म सञ्चालन हुने खोप कार्यक्रममा यसअघी कुनै खोप नलगाएका ५० देखि ५४ वर्षभन्दा माथीका उमर समूहका सबैलाई लोप लगाइने भएको हो ।

नगरपालिकामा ३ हजार (डोज) आईतबार खोप आईपुगेको हो । त्यस्तै खोपका लागि पूर्ण अति अशक्त अपांगता भएका (परिचय पत्र) मा क, ख उल्लेख भएका व्यक्तिहरु सबै र स्वास्थ्य संघ

संस्थामा कार्यरत स्वास्थ्यकर्मी सरसफाईकर्मीहरु छुटेका सबैलाई खोप लगाइने नगर स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेलले जानकारी दिए ।

खोपको लागि नगर अस्पताल बेल्टार (पुरानो स्वास्थ्य केन्द्र) चौदण्डी, बसाहा, सुन्दरपुर, हडिया र सिद्धिपुर स्वास्थ्य चौकीलाई खोप केन्द्र तोकिएको उप संयोजक पोखरेलले बताए ।

खोपको सञ्चालनको लागि सबै वडा कार्यालयहरुमा परिपत्र भइसको उनले बताए । पहिलेका खोपहरु २ डोज लगाइन्थ्यो भने यो खोप एक डाजमात्र लगाइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *