चौदण्डीगढीमा भोलीबाट खोप लगाइन्दै

बेल्टार/साउन १०। चीनबाट ल्याएको कोरोनाविरुद्धको खोप (भेरोसेल) चौदण्डीगढीमा भोली (सोमबार) बाट लगाइने भएको छ ।

नगर स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेलका अनुसार ५५ वर्ष वा सो भन्दा माथिका पहिलो मात्रा खोप लगाउन बाँकी रहेका नागरीकहरुलाई भाेलीदेखि दुइ दिन खोप लगाइने भएको हो ।

त्यसैगरी सार्वजनिक यातायातका चालक, सहचालक, शिक्षक, प्राध्यापक, वैदेशिक रोजगारीमा जान भिसा लागिसकेका व्यक्ति, अत्यावश्यक सेवा अन्तर्गत खटिने कर्मचारीलाईसमेतलाई खोप लगाइने स्वास्थ्य शाखाले जनाएको छ ।

नगरपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरुमा सोमबार विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सो खोप लगाइने छ ।

त्यस्तै चौदण्डीगढी र बेलका नगरपालिका र उदयपुरगढी गाउँपालिकाका स्वास्थ्य चौकीहरुमा ११ र १२ गतेसम्म खोप लगाउने कार्यक्रम हरेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

ताप्ली र कटारीका स्वास्थ्य चौकी र अस्पतालहरुमा १२ र १३ गते खोप लगाईने छ । रौतामाई र लिम्चुङबुङका स्वास्थ्य चौकीहरुमा १३ र १४ गते खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

चौदण्डीगढीका लागि २५ सय मात्रामा खोप आएको उप संयोजक पोखरेलले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *