चौदण्डीगढीमा पथ ७ जनामा संक्रमण पुष्टि

बेल्टार/वैशाख २९। चौदण्डीगढीमा थप ७ जना कोरोना संक्रमण पुष्टि भएको छ । आज (बुधबार) १८ जनाको एन्टिजेन परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो भने २२ जना मध्ये ४ जनाको भने स्वाब संकलन गरी विराटनगर पठाइएको छ ।

आज संक्रमित हुनेहरुमा ९ नं. वडामा २ पुरुष र १ महिलागरी ३ जना, ६ नं. वडाको बजारकी एक महिला र नगरपालिका लाईनकी एक महिला गरी २ जना, र २ नं. वडा चारघरेका २ पुरुष छन् भने उनीहरु केही दिनको विवाहमा झापा जन्ति गएका थिए ।

अन्य २ जना भने पुरानैलाई परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको नगर स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेलले जानकारी दिए । संक्रमित सबै जना होम साईसोलेशनमा बसको उप संयोजक पोखरेलले जानकारी दिए ।

सातधारे स्थित संस्थागत आईसोलेशनमा २० पुरुष र ५ महिलागरी कूल २५ जना उचाररत छन् । चौदण्डीगढीमा योसँगै संत्रमितको संख्या २३ जना पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *