चौदण्डीगढीमा नेविसंघले स्थापना दिवस मनाए

बेल्टार/बैशाख ६। नेपाल विद्यार्थी संघ चौदण्डीगढी नगर समितिले आफ्नो स्थापना दिवस मनाएको छ । नगर समितिले आफ्नो मूल पार्टीका नेतृत्वहरुबीचको उपस्थितीमा क्षत्रीय पार्टी कार्यालय बेल्टारमा सोमाबार ५२ औ स्थापना दिवस मनाएको हो ।

मुलुकमा अहिले क्रियाशील रहेका विद्यार्थी संगठनहरूमध्ये सबैभन्दा पुरानो विद्यार्थी संगठनको रुपमा नेपाल विद्यार्थी संघलाई चिनिएको छ ।

तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाईएको बेलामा नेपाली काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरूलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी संघको स्थापना गरिएको थियो ।

नेपालको प्रजातान्त्रिक आन्दोलन जसले नेपालीलाई जहानीय राणा शासन, एकतन्त्रीय पञ्चायती शासन हुँदै तात्कलिन राजा ज्ञानेन्द्रको प्रजातन्त्र हत्याउने कदम विरूद्ध समेत लडेर मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपाल बनाएको हो ।

त्यसैगरी कार्यक्रममा क्षत्रीय सभापति भोजराज खतिवडा, नगर सभापति राजेन्द्र पौडेल, नगर प्रमुख खगेन्द्र राई, आदिवासी जनजाति संघका

केन्द्रीय महामन्त्री प्रशान्त राई, नेपाल तरुण दलका नगर सभापति सन्तोष राई, युवा नेता देवीराज राई, शुसिल राई, त्रियुगा बहुमुखी

क्याम्पसका स्ववियु सभापति रोशन कार्की,उद्योग वाणिज्य संघका अध्यक्ष पवन कार्की लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम नेविसंघका सचिव विशाल गेलालको सञ्चालन र विवस राईको सभापतित्वमा समापन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *