चौदण्डीगढीमा नेकपाले पूर्णता पायो

गढीखबर
बेल्टार/असार ५। लामो समयसम्म नेतृत्वमा हानथापपछि अन्ततः सत्तरुढदल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को चौदण्डीगढी नगर समितिले पूर्णता पाएको छ । शुक्रबार वडा नं.६ स्थित एक पार्टीप्यालेसमा आयोजित सपथग्रहण कार्यक्रमको आयोजना गरी पार्टीलाई पूर्णता दिईएको हो ।

पुर्व माओबादी र पूर्व एमाले बीच पार्टी एकीकरण भएको लामो समय वितिसक्दासम्मपनि एकता प्रक्रृयाले भने मुर्तरुप लिन सकेको थिएन । औपचारिक कार्यक्रम मार्फत जिल्ला सचिव ईश्वरमणी राउतले नगरका ८१ जना सदस्य रहनेगरी नगर समितिको घोषणा गरेका छन् । नगरको १० वटै वडा समितिपनि टुंगो लगाईसकेको एक स्थानीय नेताले जानकारी दिए ।  पार्टीको केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज बलदेव चौधरिले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

कमिटिमा पुर्व एमालेको तर्फबाट ४३ र पुर्व माओबादिबाट ३८ जना चयन भएको एक नेताले जानकारी दिए । कार्यक्रम राजेन्द्रकुमार कटवालको अध्यक्षता तथा नेकपा केन्द्रीय सदस्य बलदेव चौधरीको प्रमुख आतिथ्यता र प्रदेश कमिटी सदस्यहरु मणिराज पौडेल,राजन किराँती,मणि खम्बु,जिल्ला अध्यक्ष बिनोद कट्वाल,जिल्ला सचिव ईश्वरमणी राउत, प्रदेश सभा सदस्य माननीय विमल कार्की लगायत पार्टी जिल्ला समितिका सदस्यहरुको उपस्थितीमा सम्पन्न भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *