चौदण्डीगढीमा निः शुल्क मोवाइल तालिम शुरु

बेल्टार/चैत २९। युवाहरुलाई स्वरोजगार बनाउने उदेश्यकासाथ (६५ दिने) ३ सय ९० घण्टाकाे मोवाइल मर्मत तालिम   निः शुल्क  आइतबारबाट बेल्टारमा शुरु भएको छ ।

१७ पुरुष र ३ जना महिलागरी कूल २० जनाले सहभागिता जनाएका छन् । सिटिभिटीबाट सम्वन्धन प्राप्त एशिया टेक्निकल ट्रेनिङ इन्स्टीच्यूटको आयोजना र हेलभिटासको सहयोगमा सञ्चालित तालिमको प्रशिक्षकमा प्रदिप पौडेल रहेका छन् ।

विशेषगरी युवाहरुले सीप सिके आत्मानिर्भर बन्न सक्ने उदेश्यले यो तालिम बेल्टारमा सञ्चालन गरिएको तालिमका अर्का सहजताकर्ता दिलिप सेवाले जानकारी दिए ।

बेल्टार बजारमा औलामा गन्नसकिनेगरी मोवाइल मर्मत सेन्टरहरु भएपनि प्रायजसो उक्त सेन्टरहरुको दर्ता प्रमाणपत्र र दक्षतासमेत नभएकोले यो तालिम सञ्चालनमा ल्याइएको सहजकर्ता सेवाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *