चौदण्डीगढीमा दोस्रो चरणको खोप भोली लगाइन्दै

बेल्टार/फागुन २। कोरोना महामारी नियन्त्रण अन्तर्गतको खोप चौदण्ढीगढीमा भोली लगाइन्दै छ ।

कोभिड ( १९ बिरुद्धको खोप स्थानीय तहका जनप्रतिनिधि ,सरकारी कार्यालयका कर्मचारी ,नेपाल प्रहरी ,वैंकका कर्मचारी, नेपाल विद्युत प्राधिरण, नेपाल टेलिकमका कर्मचारी र पत्रकारका लागि नगर अस्पताल (प्राथमिक स्वास्थ्य केन्द्र ) बेलटारमा लागाइने भएको होे ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गरिने भएको खोप आफ्नो सम्वन्धीत कार्यालयको परिचय–पत्रसहित खोप लगाउन नगर स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेलले जानकारी दिए ।

संक्रमणकालमा   अग्रभागमा खटिने कर्मचारीलाई भने यसअघिनै खोप लगाई सकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *