चौदण्डीगढीमा दीप प्रज्वलन

बेल्टार/ असार २८। दोस्रो पटक पनि सर्वोच्च अदालतले   प्रतिनिधिसभा विघटनलाई पुन: स्थापना गरेको छ । संसद विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्चले बदर गरेपछि उदयपुरको चौदण्डीगढीमा दिप प्रज्वलन गरेका हुन । सर्वोच्च अदालतको संवैधानिक इजालासले जेष्ठ ७ गते मध्यराति सरकारले गरेको दोस्रो पटकको  असंवैधानिक कदम भएको ठहर गर्दै बदर गरेको खुसियालीमा यहाँ  क्रियाशिल दलहरु नेपाली कांङ्ग्रेस र जनता समाजवादी पार्टी र माओवादी केन्द्रले सोमबार साझ बेल्टारको पुष्पलाल चोकमा दीप प्रज्वलन गरेको स्थानीय युवा नेता चौदण्डीगढी नेविसंघका सचिव विशाल गेलालले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *