चौदण्डीगढीमा जसपाको साख जोगाउँने दुई जनप्रतिनिधि

बेल्टार/जेठ ६। मुलुकभर ७ सय ५३ स्थानमा छिटफुट घटनाबाहेक  बैशाख ३० मा सबै स्थानमा  स्थानीय तहकाे निर्वाचन सम्पन्न भएको छ ।

शान्तिपूर्ण भएको स्थानमा निर्वाचन परिणाम पनि आइसको छ भने कतिपय ठाउँमा मतगणना जारी छ भने केही स्थानीय तहमा मत परिणाम आउँने क्रम जारी छ ।

यसैक्रममा उदयपुरको चौदण्डीगढी नगरपालिकाको हकमा बैशाख ३१ गतेदेखि मत गणना सुरु भइ जेठ ३ गते मत गणना सम्पन्न भइसकेको छ भने विहिबार निर्वाचित जनप्रतिनिधिहरुलाई निर्वाचन अधिकृतको कार्यालय बेल्टारले प्रमाणपत्रसमेत हस्तान्तरण गरिकेको छ ।

चौदण्डीगढीमा यसपटक अनपेक्षितरुपमा मत परिणाम आएको छ । कूल १० वटा वडामध्ये ८ वटा वडामा एमालेको अधिकांश वडामा प्यानलै निर्वाचित भएका छन् ।

त्यसो त ३ र ६ नं. वडामा नेपाली कांग्रेसले पनि प्यानलै विजयी हासिल गरेको छ । एमालेको विजयी वडामध्ये ८ नं. वडा सिद्धिपुरमा भने एमालेका कान्छा उम्मेदवार भगनाथ मगर वडाध्यक्षमा निर्वाचित भएका छन् ।

उनले कांग्रेसका निवर्तमान कार्यबाहक अध्यक्ष गड्डुबहादुर विकलाई पराजित गरेका छन् । सो वडामा कांग्रेसबाहेक एमाले, जसपा र माओवादीबीच तीन दलीय गठबन्धन भएको थियो ।

गठबन्धनकै मत परिणाम अनुसार वडाध्यक्षमा निर्वाचित मगरका ४ सदस्यहरुमध्ये दुई सदस्य जनता समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका हुन् ।

निर्वाचितमात्र भएनन् चौदण्डीगढीमा पार्टीको साखपनि जोगाउँन सफल भएका छन् ।

यसरी पार्टीकै साख जोगाउँनेगरी निर्वाचित हुने द्धय वडासदस्यहरुमा दलित महिला सदस्य मेनुका परियार र पहिलो खुल्ला सदस्य अरुण मगर रहेका छन् ।

निर्वाचित परियारले कांग्रेसकी सरस्वती विश्वकर्मालाई १२ मतान्तरले पराजित गरेकी हुन् भने परियारले ८ सय ५९ मत प्राप्त गर्दा कांग्रेसकी विश्वकर्माले ८ सय ४७ मतमात्र प्राप्त गरेकी थिइन् ।

परियारले विश्वकर्मालाई १२ मतान्तरले पराजित गरेकी हुन् । अर्का पहिलो खुल्ला सदस्यतर्पm समाजवादीकै अरुण मगरले ८ सय ५२ मत प्राप्तगरी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका बासुदेव राईले ८ सय २४ मतमात्र प्राप्त गरेको थियो ।

निर्वाचित अरुणले राईलाई २८ मतान्तरले पराजित गरेका छन् । जसपाको सांगाठानिक आधारमा ४ र ७ नं. वडा बलियो मानिएको थियो ।

त्यही आधारमा माओवादी, एकीकृत समाजवादी र जसपासँग तीन दलीय गठबन्धनमा दुई वडाहरुमा अध्यक्षको उम्मेदवारी दिइएको थियो ।

दुवै वडामा पराजय भोगेको जसपाले माओवादीले अन्तरघात गरेको जसपा नगर अध्यक्ष तथा ४ नं. वडाका उम्मेदवार भुपेन्द्र राईको बुझाई छ ।

जसपाका दुवै उम्मेदवारहरु स्वच्छ छविका हुँदाहुँदै पनि पराजित भएकोप्रति पार्टीले दुःख व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *