चौदण्डीगढीमा कोरोनाविरुद्धको खोप भोली र पर्सी

बेल्टार/जेठ २४। कोभिड–१९ विरुद्धको तेस्रो चरणको खोप चौदण्डीगढीमा भोली मंगलबारदेखि बुधबार २ दिनसम्म दिइने भएकाे छ ।

चौदण्डीगढी नगरपालिका नगर स्वास्थ्य शाखा कार्यालयका उप संयोजक तेजबहादुर पोखरेलका अनुसार चौदण्डीगढीमा रहेका ६२, ६३ र ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिन लागिएको हो ।

चीन सरकारको अनुदानमा प्राप्त ‘भेरोसिल’ खोप पालिकामा साढे सातसय मात्रा खोप आउने पनि बताए ।

उनका अनुसार यो खोप जो जहाँ छ त्यहीँ लगाउने गरी दिइन थालिएको पनि भौगोलिक विकटताका कारण त्रियुगा पारीका वडाहरु ५,९ र १० का नागरिकका लागि एउटा केन्द्र बनाएर खोप सञ्चालन गरिने बताए ।

कोरोना कहरका कारण भीडभाड नगरी स्वास्थ्य मापदण्डको पालना गर्दै खोप दिन लागिएको बताइएको छ । नगर प्रमुख खगेन्द्र राईले भने, “खोप अभियान दुई दिनसम्म सञ्चालन हुनेछ, स्वास्थ्य मापदण्डको पालना गर्दै खोप दिइनेछ ।”

पालिकास्तरीय खोप केन्द्रमा छुटेकालाई थप एक दिन थपिनेछ । पालिकामा यसअघि दुई चरणको खोप अभियान सम्पन्न भैइसकेको छ ।

विहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुने खोप कार्यक्रममा खोप लिन आउँदा आफ्नो परिचय खुल्ने परिचयपत्र अनिर्वाय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *