चौदण्डीगढीमा एक संक्रमितको निधन

बेल्टार/बैशाख २०। कोरोना भाईरसको संक्रमणबाट एक जनाको निधन भएको छ । निधन हुनेमा चौदण्डीगढी नगरपालिका वडा नंं. ५ शिवाईका ५१ वर्षीय जनार्दन आचार्यको निधन भएको हो ।

सुनसरीको ईनरुवा स्थित हुलाक कार्यालयमा कार्यरत आचार्यलाई हिजो (आइतबार) उपचारको लागि विराटनगरको नोवेल अस्पतालमा लगिएको थियो ।

तर उनको कोरोना रिपोर्ट पोजेटिभ आएपछि उपचारकै क्रममा आईतबार साँझमा निधन भएको वडाध्यक्ष देवनारायण चौधरीले जानकारी दिएको छ ।

शवलाई घरमै ल्याएर त्रियुगा नदीमा अन्त्योष्ठि गरिएको नगर स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेलले जानकारी दिए ।

मृतक आचार्यको घर शिवाईको प्रहरी चौकीदेखि १ सय मिटर  दक्षिणपट्टी  रहेको वडाध्यक्ष चौधरीले जनाएको छ । यो दोस्रो कोरोना कहरको पहिलो घटना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *