चौदण्डीगढीका एक जना निको भएर घर फर्किए

गढीखबर
बेल्टार/असार ६। चौदण्डीगढी नगरपालिका स्थानीय एक जना उपचारपछि निकोभएर घर फर्किएका छन् । वडा नं. ५ शिवाईका २७ वर्षिय महमद आजाद कोरोना भाईरसलाई जितेर हिजो (शुक्रबार) घर फर्किएको जिल्ला जनस्वास्थ्यले जनाएको हो ।  गत जेठ २० गते स्वाव संकलन गरिएकोमा आजादलाई संक्रमण पुष्टि भएपछि तत्काल उपचारको लागि कोरोना अस्पताल विराटनगर पठाईएको थियो ।

त्यसैगरी छिमेकी नगरपालिका बेलका ३ नं.वडाकी पबित्रा राईपनि निको भएर घर फर्किएकी छन् । उनको श्रीमान भने उपचारकै क्रममा अस्पतालमा छन् । जिल्लाभर यसरी निको हुनेको संख्या ३५ पुगेको छ । हाल जिल्लाभर ४७ जनामा संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *