चुनाव आउँदै, नागरिकहरुपनि पार्टी छान्दै–फेर्दै

बेल्टार/फागुन ८। संविधानतः हो भने अबको दुई वर्षमा निर्वाचन अनिवार्य हुने छ । तर, चुनवा हुन अगावै नेताहरुको चलपहल त्यस्तै गाउँघरका सोझा सिधा नागरिक पनि कुन पार्टीमा जाउँ बसौं भनेर यताउती पार्टी चाहर्दै फेर्दै कहिले कुन पार्टीमा कहिले कता हाम्फाल्दै ठिक्क छन् ।

यो सायद राजनीतिक वितृष्णाका कारणले नै होला चुनाव आएपछि पार्टी फेरबदल गर्ने सबैलाई चटारो परेको हुन सक्छ ।

चौदण्डीगढी नगरपालिकाको ८ नं. वडा वीरेन्द्र बजार स्थित शनिबार नेपाली कांग्रेसले कार्यकर्ता भेटघाट कार्यक्रम राखेको थियो । कार्यक्रमको प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा संघीय संसद डा. नारायण खड्का रहेका थिए ।

आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरी कांग्रेसमा प्रवेशको संख्या सय बढी थिए ।
नेकपा परित्याग गर्नेमा सागर थापा, माओवादीका पूर्व जनमुक्ति सेना तथा नेता लोकचन्द्र राई, सुरेश राई, नीरकुमार राई, अर्जुनकुमार राई लगायतका रहेका छन् ।

नवप्रवेशीहरुलाई प्रमुख अतिथि लगायत विशेष अतिथिहरुले स्वागत गरेका थिए । कार्यक्रमा क्षेत्रीय सभापति भोजराज खतिवडा, नगरसभापति राजेन्द्रप्रसाद पौडेल, नगर प्रमुख खगेन्द्र राई, महाधिवेशन प्रतिनिधि तथा वडा ७ वडाध्यक्ष तेजराज तिम्सिना, महाधिवेशन

प्रतिनिधि तथा वडा ८ कार्यवाहक वडाध्यक्ष गडुलमान विक, त्यसैगरी नेपाल तरुण दल जिल्ला उपसभापति पर्बत दाहाल, तरुण नगर अध्यक्ष सन्तोष राई, नेपाल विद्यार्थी संघका नगर सचिब विशाल गेलाल, निर्माण व्यवसायी डिल्ली खड्का, मौसम राई, वडा सदस्य बासुदेब राई, नगर सदस्य बिमला राई, वडा १ वडा सदस्य मणि कोइराला उपस्थिती रहेको थियो ।

कार्यक्रम ८ नं. वडाका सभापति वीरेन्द्र खड्काको सभापतित्व र सञ्चाल युवा नेता बिबस राईको सञ्चालनमा समापन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *