चिसापानीमा पनि दीप प्रज्वलन

जन्तेढुंगा/फागुन १३। विघटित प्रतिनिधिसभा पुनस्र्थापना भएपछि खोटाङको जन्तेढुंगा गाउँपालिकामा पनि दीप प्रज्वलन गरिएको छ ।

गत मंगलबार सर्वोच्च अदालतले विघटित संविधानसभा पुनर्स्थापना गर्ने फैसला गरेको खुसीयालीमा नेकपा (दाहाल–नेपाल) समूहले विहिबार साँझ दीप प्रज्वलन गरेको हो ।

पालिकाको चिसापानीबजारमा रहेको पार्टी कार्यालय अगाडि नेपालको नक्सा बनाएर २७५ वटा मैन वत्ति बालेर सर्वोच्चको पैmसलालाई स्वागत गरेको हो ।

प्रतिनिधिसभामा रहेको २७५ जना संविधानसभा सदस्यको प्रतिकका रुपमा त्यतिकै संख्यामा मैन वत्ति बालिएको नेकपा (दाहाल–नेपाल) जिल्ला कमिटि सदस्य एबं जन्तेढुंगा गाउँ पालिकाका सह–ईन्चार्ज बिरबल किरातीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *