चिसापानीमा टेम्पु दुर्घटना हुँदा बालकको ज्यान गयो

जन्तेढुंगा/वैशाख २९। खोटाङको जन्तेढुंगा गाउपालकिा ५ चिसापानी घोर्ले स्थति तारेभरिबाट टेम्पु खस्दा एक बालकको ज्यान गएकाे छ ।

हिजो (मंगलबार) विहान १० बजेको समयमा लु १ स ०३५० नम्बरको अटोटेम्पु तारेभरिबाट खस्दा सोही स्थानका १३ वर्षीय बालक गोकुल परियारको हिजै ज्यान गएकाे छ भने अन्य ४ जना घाईते भएका छन् ।

दुर्घटनाबाट गम्भिर घाईते भएका बालक थप उपचारको लागि धरानको घोपा क्याम्प लानेक्रममा बाटोमै निधन भएको प्रहरीले जनाएको छ ।

अन्य घाईतेहरुमा टेम्पु चालक जेन्तेढुंगा ४ का ३३ बर्षीय जीवन राई, चालककै ७ महनिाको छोरा जर्मन राई, जेन्तेढुंगा – ५ का १६ वर्षीय मणरिाम राई, सोही स्थानका ६५ बर्षीय रत्नबहादुर राई रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाईते मध्ये मणरिाम राईको अवस्था सामान्य रहेकोले स्थानयि स्वास्थ्य केन्द्रमानै उपचार भईरहेको र बाँकीलाई घोपा धरान तर्फ पठाईएको बताइएको छ ।

टेम्पु घोर्लेबाट विरामी बोकी चिसापानी आउने क्रममा दुर्घटना भएको थियो ।

घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय चसिापानीबाट प्रहरी टोली खटी गई घाइतेहरुलाई उद्धार गरी उपचारको लागी घोपा धरान तर्फ पठाईएको चिसापानी चौकीले जनाएको छ । टेम्पु भिरबाट लगभग ५ सय मिटर तल खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *