चाैदण्डीगढीमा १३ सयले लगाए खोप

बेल्टार/साउन ११। उदयपुरको चौदण्डगढी नगरपालिकामा १३ सय ११ जनाले (भेरोसेल) खोप लगाएका छन् ।

खोपको पहिलो दिन ५५ वर्षमाथिका उमेर समूह र शिक्षक, शिक्षिका, कर्मचारी, चालक, सह– चालक र विदेश जानका लागि तयारी अवस्थामा रहेकाहरुको लागि आज (सोमबार) खोप लगाइएको हो ।

उक्त खोपको लागि नगर अस्पतालसहित ६ वटा स्वास्थ्य चौकीलाई खोप केन्द्र तोकिएको छ । खोप सञ्चालन भएका स्वास्थ्य संस्थाहरु नगर अस्पताल बेल्टारमा महिला पुरुषगरी ५ सय १

जना, बसाहा स्वास्थ्य चौकीमा ३ सय १६ जना, हडिया स्वास्थ्य चौकी २ सय ३२ जना, सुन्दरपुर १ सय ७० जना, चौदण्डी ४४ जना र सिद्धिपुर ५२ जनाले खोप लगाएको नगर स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेलले जानकारी दिए ।

नगर अस्पतालमा खोपका लागि धेरै उत्साहजनक नागरिकको उपस्थिती रहेको नगर प्रमुख खगेन्द्र राईले बताए ।

खोपको व्यग्र प्रतिक्षामा रहेका सर्वसाधारण जसले आज लगाउन पाएनन् तिनले पुनः भोली पनि विहान १० बजेदेखि बेलुका ४ बजेसम्म खोप सञ्चालन हुने अवलोकनका क्रममा खोप केन्द्र पुगेका नगर प्रमुख राईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *