चाैदण्डीगढीकाे स्वास्थ्य शिविर सम्पन्न

बेल्टार/कात्तिक ५। चौदण्डीगढी नगर स्वास्थ्य शाखाको आयोजनामा नगर अस्पताल बेल्टारमा आयोजित एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

आज (शुक्रबार) सञ्चालन गरिएको वृहत्त निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ३८ जनाले सेवा लिएसँगै शिविर सम्पन्न भएको हो ।

शिविरमा बढीजसो वृद्धवृद्धाहरुको स्वास्थ्य परीक्षण गरिएका थिए ।

विराटनगर स्थित नोवेल अस्पतालका चिकित्सकहरुलाई ल्याएर सञ्चालन गरिएकाे शिविरमा विभिन्न रोगहरुको निःशुल्क स्वास्थ्य जाँच तथा उपचार गरिएको नगर स्वास्थ्य शाखाका उप संयोजक तेजबहादुर पोखरेलले जानकारी दिए ।

बेलाबेलामा यस्तो शिविर सञ्चालन गरिए स्थानीयवासीलाई केही राहत मिल्ने सेवाग्राहीहरुको भनाई थियो ।

विहान १० बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने भनिएपनि विहानैदेखि खचाखच देखिएको सेवाग्राहीको लाइन बेलुका अबेरसम्म सेवा प्राप्तगरी फर्किएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *