चट्याङ लागेर सात माउ बाख्रा मरे, कृषकलाई लाखाैकाे क्षती

बेल्टार/साउन ३०। शुक्रबार दिउँसाे अविरल वर्षासँगै परेको चट्याङ लागेर एक कृषकको ७ वटा  बाख्रा मरेका छन् ।

चौदण्डीगढी नगरपालिका वडा नं. ८ सिद्धिपुर स्थित सीमा टोलका स्थानीय कृषक नरेन्द्र राईको जंगलमा चरिरहेकाे  बाख्रालाई चट्याङ लागेर मरेकाे हाे ।

कूल १९ वटा खशी बाख्रामध्ये ७ वटा बियाउने बाख्रा माउलाई एक्कासी परेकाे चट्याङ लागेर  मरेको बाख्रा धनी  राईले बताए ।

उक्त घटनाबाट कृषक राईलाई अन्दाजी १ लाख बरावरको क्षती पुगेको स्थानीय तथा सारदा आधारभूत विद्यालयका प्रधानाध्यापक अर्जुन ओझाले बताए ।

सम्वन्धित निकायबाट क्षतीपूर्ति पाउने आसामा इलाका प्रहरी कार्यालय बेल्टारमा जानकारी निवेदन दिएको पीडित राईले बताए ।

केही महिनामात्र आफ्नो आमाको निधन भएको समयमा अर्को बज्रपात आइपरेको उनेले बताए । अन्य आयस्रोत नभएकोले बाख्रा पालेर घर व्यवहार चलाउँदै आएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *