गृहमन्त्री रामबहादुर थापाले केही दिनदेखि पार्टीभित्र देखिएको विवाद सामान्य भएको बताए

 

गृहमन्त्री तथा नेकपा सचिवालय सदस्य रामबहादुर थापाले केही दिनदेखि पार्टीभित्र देखिएको विवाद सामान्य भएको बताएका छन । पोखरामा आज पत्रकारसँग कुरा गर्दै मन्त्री थापाले समसामयिक विषयमा नेताविच बहस हुनु स्वाभाविक भएको बताए । पार्टीले राष्ट्रिय सभामा पठाउने निर्णय गरेका उपाध्यक्ष बामदेव गौतमको नाम प्रक्रियागत रुपमा मन्त्रीपरिषदले सिफारिस गर्ने गृहमन्त्री थापाको भनाइ थियो । उनले अहिले नै मध्यावधि चुनाव सम्भव नभएको समेत स्पष्ट पारे ।

पार्टीको विवाद बढेर सदन विघटन हुने र मध्यावधिमा जानसक्ने कुरा अनुमान मात्रै भएको गृहमन्त्री थापाको भनाइ थियो । पोखरामा गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले केही दिनभित्रै कालापानी क्षेत्रसमेत समेटेर नक्सा सार्वजनिक गरिने पनि जानकारी दिए । सीमा विवाद अन्त्यका लागि भारतीय पक्ष पनि सकारात्मक भएको मन्त्री थापाको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *