गाईघाटमा नेपाल–प्रचण्ड पक्षको वृहत्त प्रदर्शन

बेल्टार/पुस १४। प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम विरुद्ध गाईघाटमा वृहत्त विरोध प्रदर्शन भएको छ ।

ओली नेतृत्वको सरकारले संसद् विघटन गरेको विरोधमा संघर्ष थालेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले आज (मंगलबार) शक्ति प्रदर्शन गर्दै नाराजुलुसहित विरोध प्रदर्शन गरेको हो ।

नेकपाले प्रदर्शनको लागि सदरमुकामको बिभिन्न स्थानबाट हजारौको संख्यामा ¥याली निकालिएको थियो । गाईघाटको पिपल चोकबाट करिव ६ हजारको संख्यामा पार्टीका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको आयोजकले बताएको छ ।

¥यालीमा सहभागीहरुले पुस ५ गतेको ओलीको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी कदम भएको भन्दै प्रदर्शनमा उत्रिएका थिए ।

कार्यक्रमलाई नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर १ का पार्टी सचिब तथा सांसद् सुरेशकुमा राई ‘हिमाल’, केन्द्रीय सदस्य तथा त्रियुगा नगरपालिकाका मेयर बलदेब चौधरी, पूर्व सभासद, नेता, कार्यकर्ताहरु लगायतको उपस्थित रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *