गाँजासहित एक जना पक्राउ

बेल्टार/चैत २९। आईतबार विहान ११ बजेको समयमा अवैध गाँजासहित एकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ आर्यघाटका ४२ वर्षीय सुरेन डुमलाई प्रहरीले पक्राउ गरेको हो ।

 

 प्रहरीको विशेष टोलीले खानतलासी गर्नेक्रममा उनले बोकेको झोलामा अन्दाजी ५ सय ग्राम अवैध गाँजा फेलापारी डुमलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

डुमलाई जिल्ला प्रहरी कार्यालय गाईघाटमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *