गरिव,दुःखीहरुको सेवा गर्नु नै मेरो प्रमुख उदेश्य होः डा. खड्का

बेल्टार/फाफुन ९। आफ्नो क्षमता भनेको प्रधानमन्त्री चलाउँने भएपनि इच्छा र चाहना भनेको गरिव, निमुखा, दीनदुःखी श्रमजीवी वर्गहरुको सेवा गर्नु नै प्रमुख उदेश्य भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले बताएका छन् ।

आफ्नो निर्वाचन क्षत्रका स्थानीय नेता तथा कार्यकर्तालाई भेटघाटकोक्रमा बेल्टार आईपुगेका केन्द्रीय सदस्य खड्काले आईतबार बेल्टार स्थित पार्टी कार्यालयमा तरुण दलले आयोजना गरेको कार्यक्रममा सो कुरा बताएका हुन् ।

भाेका, नांगा,  असाहय लगायतका स्वास्थ्य, शिक्षामा प्रत्येक्षरूपमा नागरिककाे पहुँज पुग्नु नै वास्तविक संघीय लाेकतान्त्रिक गणतन्त्र हाे, र ती आधारभूत विषयहरू पुगेकाे छ वा छैन त्यसकाे लेखाजाेखा गर्न आफ्नाे   कर्तव्य भएकाे पनि बताए ।

वर्षौदेखि कम्युनिष्ट पार्टीमा योगदान गरेर समृद्धि प्राप्त गर्ने आशामा रहेका कार्यकर्ताहरुमा सत्ता सञ्चालनको शिलसिलामा नेतृत्वको कुर्सी मोहका कारण निराशबाहेक केही नपाएको उनले बताए ।

कम्युनिष्ट पार्टीमा धेरै योगदान गरेका नेता कार्यकर्ताहरु आज आफ्नै शिर्षस्त नेताहरुको कारणले कांग्रेस हुन लालायित भएकोसमेत उनले बताए । तरुण दलले आयोजना गरको कार्यक्रममा टेकधन राईको नेतृत्वमा १० जना पार्टी प्रवेश भएका छन् ।

त्यसैगरी कम्युनिष्ट पार्टीमा रहेर अलमलिएको भन्दै २ नं. वडाको सुघारेका स्थानीय सामाजसेवी महिला तथा रक्तमाला सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्षसमेत रहेकी चन्द्रा राईको नेतृत्वमा २० जनाले नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् ।

आईतबार विहान सो क्षत्रमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतको रकम १० लाख रुपैयाँबाट निर्मित कलभर्डको उद्घाटन कार्यक्रम प्रमुख आतिथ्यता ग्रहण गरेका डा. खड्काले नवप्रवेशीहरुलाई टिका ग्रहण गराई उनीहरुलाई स्वागत गरेका हुन् ।

उदयपुर जिल्लाको विभिन्न पाखाभित्ता गाउँटोल बस्तिहरुका स्थानीयले बोलाएर उनीहरुको समस्या सुन्दै बुझ्दै हिडेका पूर्व शहरी विकासमन्त्री डा. खड्काले आपूmले सक्ने जति नागरिकको कामहरु सानोदेखि ठूलोसम्म कामहरु गर्दै आएको स्मरण गराए ।

हार्दा पनि जीत्दा पनि नागरिकको काम गर्न उत्साहित हुने खड्काको पहलमा यस पटकमात्र त्रियुगा नियन्त्रणको लागि ८ अर्व बजेटमध्ये २ अर्वको काम यसैपटकबाट शुरु भएको जानकारी पनि दिए ।

उक्त कार्यक्रममा नगरप्रमुख खगेन्द्र राई, उपप्रमुख रिताकुमारी चौधरी, पार्टीका नगर सभापति राजेन्द्र पौडेल, शिक्षक नारायण श्रेष्ठ लगायतले पनि शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम वडा सभापति जीतमान राईको सभापतित्वमा नगर सदस्य मनु कार्कीको सञ्चालनमा समापन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *