गम्भिर घाईते डाकमानलाई आर्थिक सहयोग

महेन्द्र राई
बसाहा/भदौ २८। चौदण्डीगढी नगरपालिका वडा नं. ४ बसाहा स्थित भित्तेली टोलका २५ वर्षीय युवक डाकमान विकलाई आर्थिक सहयोग जुटेको छ ।

घाईते विकलाई देशविदेश रहेका विभिन्न व्यक्तित्वहरुबाट संकलित रकम ४ लाख ४८ हजार २ सय १४ रुपैया शनिबार उनको आमा र बुबालाई हस्तान्तरण गरिएको हो ।

डाकमान बचाउ अभियानका अभियन्ता सन्तोष राईले घाँटीको चोटलाई शल्यक्रिया गर्न रकम अभावका कारण आर्थिक सहयोग संकलन गरिएको पनि उनले बताए ।

एक महिना पहिलेदेखी आर्थिक संकलनमा जुटेका अभियन्ताहरुले भदौ २० गते सम्म अभियान सञ्चालन गरेका थिए ।

पिडित विक केही समय अघि रोजगारीको सिलसिलामा भारत तर्फ जाँदै गर्दा रेल दुर्घटनामा परी दाहिने हात गुमाएका छन् ।

रकम हस्तान्तरण कार्यक्रम भने भित्तेली टोल बिकासको अध्यक्ष अनुराज राईको सभापतित्व र ४ नं. वडा सदस्य डम्बर पुलामीको प्रमुख आतिथ्यमा राजु राईको सञ्चालनमा कार्यक्रम समापन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *